खोकनाको इतिहास बचाउन परम्परागत तेल मिल सञ्चालनमा आउँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार १६:३८:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/mill_B6jirGOFUZ_6Vuyea6Rro.jpg)
१७ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकना शुद्ध तोरीको तेल पाइने ठाउँका रुपमा परिचित छ । केही वर्ष अघिसम्म खोकनावासीको मुख्य पेसा भनेकै तेल व्यवसाय थियो । हाल खोकनावासी कृषिमा आबद्ध भए पनि तेल व्यवसाय सञ्चालन गर्ने कम मात्रामा छन् ।
खोकनाको चार टोलमा चार परम्परागत तोरी पेल्ने काठको मिललाई वि.सं. २०७२ को भुकम्पले क्षति पुर्याएपछि २०७४ देखि ललितपुर महानगरले पुनः निर्माण कार्य सुरु गरेको ललितपुर–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले बताए ।
उनले भने, “खोकना शुद्ध तोरीको तेल पाइने ठाउँको रुपमा परिचित रहेको कारण इतिहास बचाउनलाई र यहाँका बासिन्दालाई व्यवसायमा जोडनलाई मिल तयार गर्न लागेका हौँ ।” खोकनावासीलाई व्यवसायमा जोड्न र खोकना ऐतिहासिक गाउँ रहेका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न परम्परागत मिल सञ्चालनमा ल्याउन लागेको वडाध्यक्ष महर्जनको भनाइ छ ।
उनका अनुसार ऐतिहासिक रुपमा चार टोलमा सञ्चालित चार मिलका लागि भवन निर्माण कार्य करिब सकिएको र अब यो वर्षभित्र सञ्चालनमा आउनेछ । हाल खोकनाका स्थानीयले आधुनिक मेसिनबाट चल्ने तोरी मिल प्रयोग गरेर व्यवसाय सञ्चालन गरे पनि परम्परागत रुपमा चलिएको काठको मिल एउटा मात्र छ ।
‘ग्याबु ज्यासा’ तेल मिल स्थानीय कान्छा महर्जनले सम्झौताअनुसार सञ्चालन गर्दै आएका छन् । अन्य ह्योबु टोल, धोकासी टोल र थलसी टोलका परम्परागत मिल २०७२ सालको भूकम्पपछि सञ्चालनमा आउन सकिरहेका छैनन् । ती परम्परागत मिललाई सञ्चालनमा ल्याउन महानगरले पहल गरिरहेको छ ।
ललितपुरको खोकना कृषि पेसा र संस्कृतिमा अब्बल भएका कारण यहाँको परम्परालाई बचाउनुपर्ने खोकनाका स्थानीय ६१ वर्षका हरिराम डंगाेल बताउँछन् । “आजभन्दा ३० वर्ष अगाडि खोकनामा ‘अर्गानिक’ उत्पादन हुन्थ्यो, स्थानीयवासी खेतिपाती, पशुपालन र तेल व्यवसायमा आबद्ध थिए, अहिले परम्परागत पेसा विस्तारै हराउँदै गएको छ”, उनले भने ।
त्यसैगरी आफूहरू तोरीको तेल बेच्न काठमाडौं उपत्यकाका विभिन्न ठाउँलगायत धादिङ र नुवाकोटसम्म पुगेको स्थानीय ८१ वर्षका पुनलाल महर्जन बताउँछन् । उनी विगत सम्झँदै भन्छन्, “अहिले त फोनको भरमा घरमै तोरी आउँछ, तेल लिनका लागि पनि घरमै ग्राहक आउँछन्, त्यो समयमा तेल बोकेर तोरी साट्न नुवाकोट, रसुवा लगायतका जिल्लासम्म पुग्नुपर्थ्यो ।”
खोकनावासीको मुख्य पेसा तेल व्यवसाय रहेको इतिहास भए पनि त्यो इतिहास विस्तारै मेटिन थालेको खोकनाका स्थानीय ७० वर्षीय रामलाल महर्जनले बताए । उनले भने, “अहिले परम्परागत काठको मिल छैनन्, सबै आधुनिक मिल छन्, धेरैले परम्परागत तेल व्यवसाय पनि छाडिसके, वास्तवमा परम्परालाई बचाउनुपर्ने हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार