महालेखालाई तत्काल बेरुजु फर्स्यौट गर्ने रणनीतिक योजना पेस गर्न लेखा समितिको निर्देशन
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार १६:५०:४३
१७ जेठ, काठमाडौं । लेखा समितिले बेरुजुलाई शिघ्र फर्स्यौट गरी आर्थिक अनुशासन र वित्तीय सुशासन उत्तरदायित्वको सुनिश्चित गर्नेगरी रणनीतिक कार्ययोजनाको मस्यौदा तत्काल समितिमा पेश गर्न महालेखापरीक्षको कार्यालयलाइ निर्देशन दिएको छ ।
बिहीबार बसेको सार्वजनिक लेखा समिति बैठकले महालेखापरीक्षको कार्यालयलाई यस्तो निर्देशन दिएको हो । समितिले महालेखापरीक्षकको कार्यालयलाई हरेक वर्ष बेरुजुको अंश बढ्दै गइरहेको अवस्थाले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमै वित्तीय अराजकताको सन्देशप्रवाह भएको भन्दै यस्तो निर्देशन दिएको हो ।
हरेक वर्ष बेरुजुको अंश बढ्दै गइरहेको अवस्थाले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमै वित्तीय अराजकताको सन्देशप्रवाह भइरहेको सन्दर्भमा बेरुजु न्यूनीकरण र कायम भएको बेरुजुलाई शीघ्र फर्छ्यौट गरी आर्थिक अनुशासन र वित्तीय सुशासन उत्तरदायित्वको सुनिश्चित गर्ने गरी रणनीतिक कार्ययोजनाको मस्यौदा तयार गरी समितिमा पेस गर्न निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले बताए ।
आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३७ मा प्रारम्भिक लेखापरीक्षणको प्रतिवेदनमा औँल्याएका बेरुजुका सम्बन्धमा बेरुजुको सूचना प्राप्त भएको ३५ दिनभित्र र उक्त अवधिभित्र फर्छ्यौट तथा संपरीक्षण गराउन नसक्ने मनासिव कारण भए एक महिनासम्म म्याद थप गर्नसक्ने प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न समितिको निर्देशन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार