गृहमन्त्रीलाई समितिको पत्र, सडकमा ट्राफिक स्वयंसेवक खटाएको बारे जवाफ दिन आउनु
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार १७:१६:५९
१७ जेठ, काठमाडौं । मापसेलगायत विभिन्न अभियोगमा कारवाहीमा परेकालाई कानुन विपरीत सडकमा ट्राफिक बनाएर खटाएको विषयमा जवाफ दिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ । उनलाई शुक्रबार समितिमा उपस्थित भएर जवाफ दिन भनिएको छ ।
गणतन्त्र दिवसको अवसरमा घोषणा गरेर मापसेसहित ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवक बनाउने निर्णय कुन कानुनअनुसार गरेको भनेर सोध्न शुक्रबार गृहमन्त्रीलाई बोलाएको समितिले जनाएको छ । बिहीबार बसेको समिति बैठकमा समसामयिक विषयमा भएको छलफलमा कुनै पदमा बसेको व्यक्तिको घोषणालाई कानुन मान्न नसकिने निष्कर्षपछि गृहमन्त्रीलाई बोलाएर जवाफ माग्ने निर्णय भएको थियो ।
गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसका दिन आफूले थालेका सकारात्मक पहलका रूपमा महिला ट्राफिक प्रहरीलाई रजस्वला भएका बेला चार दिन सडकमा डिउटी गर्नु नपर्ने र ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवक परिचालनबाट ट्राफिक व्यवस्थापन गर्ने घोषणा गरेका थिए ।
गृहमन्त्री लामिछानेको त्यही घोषणाका आधारमा बुधबारदेखि नै ट्राफिक प्रहरीले कारबाहीमा परेकाहरूलाई सडकमा उतारेको थियो । त्यसरी कारबाहीमा परेकाहरूलाई सडकमा उतार्ने कानुनी व्यवस्था नरहेको भन्दै व्यक्तिको घोषणालाई नै कानुनजस्तै मानेर कार्यान्वयन भएपछि यसबारे विभिन्न नकारात्मक टीकाटिप्पणी सुरू भएको थियो । सामाजिक सञ्जालमा सर्वसाधारणले उठाएका तिनै सवालमा छलफल गर्न समितिले गृहमन्त्री लामिछानेलाई बोलाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार