कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार २१:३०:३६
१७ जेठ, नवलपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएको बताएका छन् । नेपाली कांग्रेस चितवनको प्रशिक्षण विभागले आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले अन्य कुनै पार्टी लोकतान्त्रिक पार्टी नभएको बताए ।
“नेपाली कांग्रेस मात्रै लोकतान्त्रिक, बहुलवादी र संसदवादी पार्टी हो”, उनले भने, “अरु कुनै पार्टी पनि हैनन् ।” नेपालमा ल्याइएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउनु अहिलेको आवश्यकता भएको नेता निधिको भनाइ छ । सङ्घीय संरचना नेपालमा ल्याइए पनि सङ्घीय प्रणाली अनुसारको पूरा संरचना निर्माण भइनसकेको उनले बताए ।
“सङ्घीय प्रणालीको संरचनात्मक अवयवको लागि हामीले कानुन बनाएका छैनौँ, संविधानको अनुसूचीमा रहेका कुरा हामीले दिएका छैनौँ”, उनले भने ।, “सङ्घीय प्रणाली लागू गर्यौँ, तीन तहको सरकार निर्माण गरियो तर प्रदेश मातहतमा आफ्नै प्रहरी छैन ।” संविधानले सङ्घीय, प्रदेश र स्थानीय तह गरी तीन वटा सरकार निर्माण गरेको भन्दै नेता निधिले प्रहरी नभइ सरकार नहुने बताए । सङ्घीयताको पक्षमा अझै कानुन बनाउँदै सङ्घीय प्रणालीलाई मजबुत बनाउनुपर्ने नेता निधिको धारणा थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले केन्द्रीय नेताहरूका कारण नेपाली कांग्रेसको जनमत घट्दै गएको बताए । “केन्द्रले गठबन्धन गरेर पठाउँदा हामीले कहिले हँसिया हथौडामा, कहिले हलोमा मतदान गर्नुपरेको छ”, उनले भने, “जसका कारण केन्द्रबाट कांग्रेस बिगार्ने काम भइरहेको छ ।” तीन दिनसम्म सञ्चालन हुने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ४५ जनाको सहभागिता रहेको प्रशिक्षण शाखाका सचिव टङ्कनाथ पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय शिलान्यास
असोज २५, २०८१ शुक्रबार
आजदेखि प्रधानन्यायाधीश क्वालालम्पुरमा
असोज २५, २०८१ शुक्रबार
पार्टी कार्यालयलाई थप व्यवस्थित गर्न आफ्नै भवन निमार्ण गर्दै एमाले
असोज २५, २०८१ शुक्रबार
पार्टी कार्यालयलाई थप व्यवस्थित गर्न आफ्नै भवन निमार्ण गर्दै एमाले
असोज २५, २०८१ शुक्रबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
लोप हुँदै गएको अवस्थामा संस्कृति जोगाउन पिर्के पिङको संरक्षण
असोज २५, २०८१ शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
असोज २६, २०८१ शनिबार
यो बर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई दिइने
असोज २६, २०८१ शनिबार
आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै
असोज २६, २०८१ शनिबार
महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित
असोज २६, २०८१ शनिबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
आज दशैंको टीका विथोल्ने किसिमको झरी नपर्ने
असोज २६, २०८१ शनिबार