सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार २३:२२:४९
१७ जेठ, काठमाडौं । सिटिजन्स बैंकले ग्राहकसँगको संलग्नता बढाउन ‘पार्टनर फर प्रोग्रेस’ नामक फेसबुक भिडियो प्रतियोगिता आयोजना गरेको छ ।
व्यक्तिगत वा व्यावसायिकरूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुउर्याउने व्यक्ति वा संघ संस्थालाई सबैमाझ चिनाउने र सम्मान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बैंकले जनाएको छ ।
सफलताको पछाडि आफ्नो नजिकको मान्छेको गरेको संघर्षलाई भिडियोमार्फत देखाउन खोजिएको बैंकले जनाएको छ । “एक आम व्यक्तिको पनि वास्तविक जीवनको सफलताको कथा अरूलाई प्रेरणाको स्रोत बन्न सक्ने र यो भिडियो प्रतियोगिताले धेरैलाई प्रेरित गर्ने विश्वास बैंकले लिएको छ,” बैंकले एक विज्ञप्ति मार्फत भनेको छ ।
आफ्नो प्रेरणादायक कथाहरूलाई छोटो मोबाइल भिडियो वा फेसबुक रिलको रूप दिएर प्रतियोगितामा समावेश हुन सकिनेछ । एक मिनेटसम्मको समयावधि भएको भिडियो बनाएर ह्यास्ट्याक पार्टनर फर प्रोग्रेससहित फेसबुकमा भिडियो अपलोड गरी सिटिजन्स बैंकको फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट हुने प्रथम हुने भिडियोलाई सम्मानस्वरूप नगद ५० हजार रुपैयाँ, द्वितीय हुने भिडियोलाई ३० हजार रुपैयाँ र र तृतीय हुने भिडियोलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ । यो प्रतियोगिता जेठ महिनाभर सञ्चालन हुनेछ ।
सिटिजन्स बैंकले देशैभरि रहेका आफ्ना १९० वटा शाखा कार्यालय, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइबाट सेवा दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाछापुच्छ्रे बैंकले ल्यायो ग्राहकहरूलाई नौलो अनुभव दिन एम–कार्ड सेवा
असोज २४, २०८१ बिहिबार
ग्लोबल आइएमई बैंक र माइजोई बिच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने
असोज २४, २०८१ बिहिबार
एनआईसी एशिया बैंकको सहयोगमा सामुदायिक विद्यालयमा पुस्तकालय समुद्घाटन
असोज २३, २०८१ बुधबार
पार्टी कार्यालयलाई थप व्यवस्थित गर्न आफ्नै भवन निमार्ण गर्दै एमाले
असोज २५, २०८१ शुक्रबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
लोप हुँदै गएको अवस्थामा संस्कृति जोगाउन पिर्के पिङको संरक्षण
असोज २५, २०८१ शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
असोज २६, २०८१ शनिबार
यो बर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई दिइने
असोज २६, २०८१ शनिबार
आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै
असोज २६, २०८१ शनिबार
महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित
असोज २६, २०८१ शनिबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
आज दशैंको टीका विथोल्ने किसिमको झरी नपर्ने
असोज २६, २०८१ शनिबार