नेपाल र अमेरिकाबीचको अभ्यास खेल वर्षाले रद्द, अब नेपालले सिधै विश्वकप खेल्ने
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार ७:१:२
१८ जेठ, काठमाडौं । आइसीसी टि-२० विश्वकप अन्तर्गत नेपाल र अमेरिका बीचको वार्म-अप खेल वर्षाले रद्द भएको छ । अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुनुपर्ने खेल वर्षाले रद्द भएको हो । यस खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिए पनि खेल हुन सकेन । नेपालले यस अघि पहिलो वार्म-अप खेलमा क्यानाडासँग ६३ रनको हार बेहोरेको थियो । अब नेपालले सिधै विश्वकपका खेल खेल्ने छ ।
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी-२० विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।
विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्यान्डसँग, जुन ११ मा फ्लोरिडामा श्रीलङ्कासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार