दूरसञ्चार प्राधिकरणले अन्य बक्यौतासहित २० अर्ब नतिरेसम्म एनसेलको लाइसेन्स नवीकरण नगर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार ९:४२:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/ncell_vAyfcNIily_DmFDSzFUsr.png)
१८ जेठ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै रकम भुक्तान नभएसम्म निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण नगर्ने भएको छ । सरकारले एनसेलको लाइसेन्स नवीकरणका लागि सर्त पुरा गर्नुपर्ने बताउँदै आएको छ । सरकारले राखेको सर्त पुरा गर्ने प्रतिबद्धता जनाएपछि मात्र लाइसेन्स नवीकरण गर्ने मन्त्रिपरिषदले निर्णय नै गरेको थियो ।
एनसेलले मोबाइल सेवाको अनुमतिपत्र तेस्रो पटक नवीकरण गर्नुपर्नेछ । एनसेलले किस्तामा रकम भुक्तानी गर्ने भन्दै ४ अर्ब दिएर नवीकरणका लागि प्राधिकरणमा निवेदन दिएको थियो । दूरसञ्चार प्राधिकरणका एक कर्मचारीले दिएको जानकारी अनुसार एनेसलले ५ वर्षको लाइसेन्स नवीकरणका लागि २० अर्ब तिर्नुपर्छ । योसहित अन्य बक्यौता पनि बाँकी छ । बाँकी बक्यौतासहित नवीकरण दस्तुर २० अर्ब नबुझाएसम्म लाइसेन्स नवीकरण गर्न नसकिने जवाफ एनसेललाई दिएको छ ।
ति कर्मचारीका अनुसार एनसेलको भदौ १६ भित्र समय सकिँदैछ । त्यसअघि नवीकरणका लागि बाँकी रहेको १६ अर्बसँगै थप ३ अर्ब र अन्य बक्यौता बुझाउनुपर्ने छ । एकमुष्ट पैसा नतिरे कम्पनी खारेज हुने प्राधिकरणको चेतावनी छ । शेयर खरिद प्रकरणपछि प्राधिकरणले एनसेलमाथि कडा नीति लिएको छ । एनसेलले कानुनबमोजिम जेठ १६ भित्र आवश्यक दस्तुर भुक्तानी नगरेको र अब नवीकरण गर्न चाहेमा जरिवानासमेत बुझाउनुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ ।
२०६१ भदौ १६ मा सेलुलर मोबाइल सेवाको लाइसेन्स लिएको एनसेलले २०७१ मा पहिलो र २०७६ मा दोस्रो पटक लाइसेन्स नवीकरण गरेको थियो । तत्कालीन मन्त्रिपरिषदकाे निर्णयअनुसार टेलिकम कम्पनीहरूले किस्ताबन्दीमा नवीकरण शुल्क बुझाउने सुविधा पाएका थिए । अघिल्लो महिना मात्रै तेस्रो नवीकरण शुल्क बुझाएको नेपाल टेलिकमले पनि अघिल्ला दुई नवीकरणमा झैं किस्ताबन्दीको सुविधा उपलब्ध गराउन निकै जोडबल गरेको थियो । तथापि, सरकारले एकमुष्ट तिर्न निर्देशन दिएसँगै टेलिकमले २०७६ मै बुझाउनुपर्ने रकम गत वैशाख अन्तिम साता अनुमतिपत्रको २५ वर्षे अवधि सकिनुभन्दा एक दिनअघि मात्रै प्राधिकरणको खातामा दाखिल गरेको थियो ।
किस्ताबन्दीको विषय दूरसञ्चार कानुनमा उल्लेख नभएकाले आफूहरूले त्यसलाई नचिन्ने प्राधिकरणका ति कर्मचारीले बताए । म्यादभित्र अनुमति नवीकरण गराउन नसकेमा नवीकरण दस्तुरको १५ प्रतिशत थप दस्तुर बुझाउनुपर्ने व्यवस्था छ । यसअघि लाइसेन्स नवीकरण गर्दा सरकारले एक पटकमा चार अर्ब गरी पाँच किस्तामा २० अर्ब तिर्ने सुविधा दिएको थियो । एनसेलले फेरी त्यही सुविधा खोजेको हो । एनसेलको लाइसेन्स नवीकरणको विषय लिएर सञ्चार मन्त्रालयमा पनि गएको थियो । तर, मन्त्रालयले यसको सबै जिम्मेवारी प्राधिकरणसँग भएको बताएको छ ।
गत फागुन ६ को मन्त्रिपरिषद् बैठकले एनसेलको स्वामित्वमा रहेका सम्पूर्ण जायजेथा पाँच वर्षपछि सरकार मातहत आउने सुनिश्चितता गरेर मात्रै मोबाइल सेवाको अनुमतिपत्र नवीकरण गर्न सकिने उल्लेख गरेको हुँदा प्राधिकरणले नवीकरणका लागि कडाई गरेको हो । सोही निर्णय अनुरूप प्राधिकरणले एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया कानुनसम्मत नभएको भन्दै स्वीकृति दिन अस्वीकार गरेको छ । एनसेलले कानुनबमोजिम पूर्वस्वीकृति नलिई सेयर ट्रान्सफर गरिसकेपछि मात्रै प्राधिकरणको स्वीकृतिका लागि निवेदन दिएको भन्दै शेयर स्वामित्व बिक्रीमा नियामकले यथास्थितिमा स्वीकृति दिन नमिल्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमद्वारा इन्धनको मूल्य समायोजनः पेट्रोलको बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
फागुन ३, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार