यौन उत्पीडनको आरोप लागेका भारतका जेडीएस नेता रेवन्ना पक्राउ
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार ९:५२:६
१८ जेठ, काठमाडौँ । सयौं महिलालाई यौन उत्पीडन गरेको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल रेवन्ना पक्राउ परेका छन् । जर्मनीबाट फर्किएर भारत आउदै गरेका रेवन्नालाई बैंगलोर विमानस्थलमा विशेष अनुसन्धान टोली (एसआईटी) ले पक्राउ गरेको हो । उनलाई आज अदालतमा पेश गरिने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
प्रज्जवल रेवन्ना सेक्स भिडियो काण्डका मुख्य अभियुक्त हुन् । एसआईटीले प्रज्ज्वललाई विमानमा चढ्ने क्रममा निगरानी गर्न एयरलाइन्स र अधिकारीहरूसँग पहिले नै समन्वय गरिसकेको थियो ।
यौन उत्पीडनको आरोपमा परेका प्रज्वलले यसअघि नै भिडियो सन्देश जारी गर्दै मे ३१ मा भारत फर्कने घोषणा गरेका थिए । त्यसपछि एसआईटी बैंगलोर अन्तर्राष्ट्रिय विमानस्थलमा रेवन्नालाई पक्राउ गर्न तयार थियो। हालै इन्टरपोलले रेभान्नाविरुद्ध ब्लु कर्नर नोटिस जारी गरेको थियो ।
यसअघि बिहीबार कैयौं महिलामाथि यौन शोषणको आरोप लागेका जनता दल (धर्मनिरपेक्ष) का निलम्बित नेता प्रज्ज्वल रेवन्नाविरुद्ध सयौंले प्रदर्शन गर्दै पीडितलाई न्यायको माग गरेका थिए । कार्यक्रममा प्रदेशभरका महिला, मजदुर, किसान र दलितको सहभागिता थियो ।
हसन लस सीटबाट लोकसभामा एनडीए उम्मेदवार समेत रहेका रेवन्ना आरोप लगत्तै विदेश फरार भएका थिए । उनीविरुद्ध हालसम्म दुईवटा यौन शोषणको मुद्दा दर्ता भइसकेको छ । यसैबीच रेवन्नाका वकिलले बलात्कार मुद्दामा विशेष अदालतमा अग्रिम धरौटीका लागि निवेदन दिएका थिए, जुन खारेज भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार
बिक्री राखिएको जुनार र सुन्तला
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार