किम्फमा महिला चलचित्रकर्मीबारे छलफल, कसले के भने ?
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार १५:४३:२८
१८ जेठ, काठमाडाैं । पछिल्लो समय नेपाली चलचित्र विदेशमा समेत एकसाथ प्रदर्शन हुन थालेका छन् । प्रविधिले दिएको सुविधाका कारण नेपालबाटै विश्वका जुनसुकै स्थानमा चलचित्र प्रदर्शन गर्न सकिन्छ । यसले नेपाली चलचित्रको व्यापार बढ्दै छ भने कथ्य शैलीसँगै निर्माणमा समेत परिवर्तन आएको छ ।
यद्दपि महिला चलचित्रकर्मीको सङ्ख्या भने कमै छ । विशेष गरी चलचित्र निर्देशक, निर्मातासँगै प्राविधिकको सङ्ख्या कम रहेको यस क्षेत्रमा क्रियाशील महिला चलचित्रकर्मीहरूले नै बताउने गरेका छन् । महिलाले कमै मात्रामा नेतृत्वदायी भूमिका पाएका पनि उनीहरूको भनाइ छ । यस्तै विषयमा काठमाडौँमा जारी २१औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव 'किम्फ' मा छलफल भयो ।
‘वुमन बिहाइन्ड द क्यामेरा’ शीर्षकमा निर्देशक आकाङ्क्षा कार्की, विदुषी गिरी, सरिता शाह र डिना मुफ्टीले यस विषयमा छलफल गरिन् । निर्देशक तथा अभिनेत्री शाहले आफूले महिलाको पात्र वा विषयमा अनुभव थप्ने बताइन् । उनले भनिन् ,“म जे अनुभूत गर्छु त्यो भोगाइ र अनुभूति कोही अरुले गर्दा धेरै कुरा छुट्न सक्छ । त्यही कुरा मैले बढी प्रष्टसँग भनेर न्याय गर्न सक्छुजस्तो लाग्छ । मैले थप्ने भनेको त्यही छुटेका कुराहरू हो ।”
अभिनेत्री तथा निर्देशक कार्कीले महिलाले बढी संवेदनशील र स्वभावका साथ कथाहरु भन्ने गरेको बताइन् । “स–साना कुरालाई प्राथमिकता दिने स्वभावले चलचित्रलाई फरक बनाउन सक्छ । व्यक्तिपिच्छे नै सोच र प्रस्तुतिकरण फरक हुन्छ तर महिलाले स–साना भावनालाई प्रस्तुत गरिरहेका हुन्छन्”, अभिनेत्री कार्कीले भनिन् । छलफलमा सहभागी निर्देशक गिरीले अहिले महिलाको उपस्थिति आत्मनिर्भर चलचित्र 'इन्डिपेन्डेड फिल्म' मा रहेको बताइन् । ठूला चलचित्रमा उपस्थिति विस्तारै बढिरहेको प्रसङ्ग उनले जोडिन ।
अर्का वक्ता मुफ्टीले पर्दापछाडि काम गर्ने महिला चलचित्रकर्मीको सङ्ख्या बढाउनुपर्ने आवश्यकता औँल्याइन् । उनले भनिन्,“प्राविधिकरूपमा दक्ष महिलाको उपस्थिति बढाउन अझै बढी काम गर्नुपर्छ । अहिले आकर्षण अभिनयमा देखिएको छ । बलियोरूपमा आफूलाई प्रस्तुत गर्न सके विस्तारै त्यो पुरा हुन्छ तर अहिले पनि महिलालाई नेतृत्वदायी भूमिकामा विश्वास गरेको कमै पाइन्छ ।”
निर्देशक गिरीले पनि महिला चलचित्रकर्मीले विश्वास बढाउन आफ्नो दक्षता बढाउनुपर्नेमा जोड दिइन्। “महिलाको नेतृत्व क्षमता र सक्षमतामा शङ्का गर्नु नै सबैभन्दा ठूलो समस्या हो। महिला नेतृत्व पनि उत्तिकै शक्तिशाली हुन्छ भन्ने कुरा स्वीकार्न जरुरी छ”, निर्देशक गिरीले भनिन् ।
‘परिवर्तनको प्रतिध्वनि’ नारा दिइएको महोत्सवमा २२ देशका ६० भन्दा बढी चलचित्र सहभागी छन् । गत जेठ १८ मा सुरु भएको महोत्सव प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ २० गतेसम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार