काठमाडौं महानगरको १५ औं नगर सभा जेठ ३२ मा
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार १९:२८:१६
१८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाको नगर सभा, १५ औँ अधिवेशन ज्येष्ठ ३२ गतेका लागि आव्हान गरिएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२ औँ बैठकले नगर सभाको मिति तय गरेको हो । आज बसेको बैठकले नयाँ सडक क्षेत्रमा पैदल मार्ग विस्तार र वडा नं. २२ बाट राजस्व सम्बन्धी फाइल केन्द्रमा लगिएको सम्बन्धी विषय शिक्षक दरबन्दी परिपूर्ति गर्ने लगायतका विषयमा छलफल गरेर प्रस्ताव पारित गरेको छ ।
त्यस्तै बैठकले ‘कानुन तर्जुमा र स्थानीय राजपत्र तथा नीतिगत दस्तावेज सम्पादन एवं प्रकाशन कार्यविधि - २०८१’ ‘श्रम बैङ्क सञ्चालन कार्यविधि - २०८०’ को पहिलो संशोधन र ‘टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि - २०८०’ मा पहिलो संशोधनका लागि सैद्धान्तिक सहमति दिएको छ । यस्तै ‘फार्मेसी सञ्चालन तथा नियमन सम्बन्धी निर्देशिका - २०८१’ र ‘साथी महानगर सञ्चालन कार्यविधि - २०८१’ संशोधनसहित पारित भएका छन् ।
६० बर्ष उमेर पूरा भएका र १० वर्ष सेवा गरेर स्वैच्छिक अवकाशमा जान चाहने स्वयमसेविकाहरुलाई सुविधासहित सेवाबाट अलग हुने अवसर प्रदान गर्ने बैठकले निर्णय गरेको छ । यस्तै सहरी योजना आयोगको सदस्यमा इञ्जिनियर शैलेन्द्र झा र प्रसुनरत्न बज्राचार्यको नियुक्तिलाई अनुमोदन गरेको छ । बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, पूर्वाधार समितिका संयोजक राजेश कुमार श्रेष्ठ, विधायन समितिका सदस्य सचिव वसन्त आचार्य र स्वास्थ्य तथा शिक्षा समितिका सदस्य सचिव गोविन्दप्रसाद शर्माले प्रस्ताव पेश गर्नुभएको थियो । यस्तै कार्यपालिका सदस्यहरू उदयचुडामणि बज्राचार्य, राजेन्द्रकुमार श्रेष्ठ, ईश्वरमान डंगोल, नवराज पराजुली, कुश ढकाल, दलबहादुर कार्की, विनोकुमार अछामी र महेश नेपालीले विषयमाथि धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय
असोज २०, २०८१ आइतबार
आज पनि हुनेछ यी प्रदेशमा वर्षा, सतर्कता अपनाउन आग्रह
असोज २०, २०८१ आइतबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
लोप हुँदै गएको अवस्थामा संस्कृति जोगाउन पिर्के पिङको संरक्षण
असोज २५, २०८१ शुक्रबार
नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस चलाउँदै
असोज २६, २०८१ शनिबार
टेस्लाको रोबो ट्याक्सी 'साइबरक्याब' सार्वजनिक, के के छन् विशेषता ?
असोज २६, २०८१ शनिबार
दशैंले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ : देउवा
असोज २६, २०८१ शनिबार
न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा
असोज २६, २०८१ शनिबार
पोषणविद् भन्छन्:- दशैंभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ
असोज २६, २०८१ शनिबार
राष्ट्रपतिले आज दिउँसोदेखि इच्छुक सर्वसाधारणलाई दशैंको टीका लगाइदिने
असोज २६, २०८१ शनिबार