रैथाने मौरी जोगाउन इच्छाकामनाका किसानलाई आधुनिक घार
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार २०:३५:३१
१८ जेठ, मुग्लिङ । चितवनको इच्छाकामना गाउँपालिकामा रैथाने मौरी संरक्षणका लागि स्थानीय किसानलाई मौरीको आधुनिक घार वितरण गरिएको छ । काठको मादले घारमा मौरीपालन गर्दै आएका किसानलाई आधुनिक घार वितरण गरिएको हो । गाउँपालिका र सपना भिलेज सोसल इम्प्याक्टले आज संयुक्त रुपमा ४० घरधुरीलाई ८० वटा घार वितरण गरेको छ । इच्छाकामना(२ घुर्केसका २० र सोही वडाकै काउलेका २० घरधुरीलाई पालिकाको ५० प्रतिशत र सपना भिलेजको ५० प्रतिशत लगानीमा मौरी घार वितरण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।
आर्थिक अभावका कारण घार किन्न नसकेका यहाँका किसानले घरको भित्ता, रुखको धोद्रो, काठको मादले घारमा मौरीपालन गर्दै आएका छन् । आधुनिक मौरीपालनमार्फत महको उत्पादन बढाउने र मौरी संरक्षण गर्ने उद्देश्यले मौरी घार उपलब्ध गराएको उनले बताए । घारसँगै मौरीपालनका लागि आवश्यक औजारसमेत प्रदान गरिएको छ । सुपर घारसहित टोपी, पञ्जा, धुँवादानी, आधार चाका प्रदान गरिएको अध्यक्ष गिरीले जानकारी दिए ।
सोही वडाको पर्यटकीयस्थल मायाटारको नजिक रहेका बस्तीहरूमा पर्यापर्यटनको विकासका लागि रैथाने मौरी संरक्षणको काम सुरु गरिएको हो । “मौरीसँगै मौरीको स्रोत संरक्षण गरेर रैथाने मौरी जोगाउनुपर्ने देखियो,” अध्यक्ष गिरीले भने, “व्यावसायिक मौरीपालनका लागि मात्र होइन रैथाने मौरी जोगाउन पनि घार दिएका हौँ ।” उनका अनुसार मायाटार र आसपासका क्षेत्रमा चरीचरनका लागि चिउरी, लालीगुराँस, टाँकी, पड्के, रुदिलो, किम्बु, चिलाउने जस्ता वनस्पति मौरीपालनको स्रोतको रुपमा रहेको छ । विकट बस्तीमा उत्पादन भएको चिउरीको महको बजार राम्रो छ ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले रैथाने मौरीको संरक्षण, स्थानीय समुदायको जीविकोपार्जन, पर्यापर्यटनको विकासका लागि मौरीको घार प्रदान गरिएको बताए । इच्छाकामनाका गाउँहरु पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको र यहाँ आउने पाहुनाहरूले स्थानीय रैथाने मौरीको मह मन पराउने गरेको उनले बताए । घार वितरणपूर्व सपना भिलेजले मौरीपालन गरिरहेका किसानलाई दुई दिने तालिम दिएको थियो । सपना भिलेजले कालिका नगरपालिकाको सिद्धिमा पनि २० घरधुरीलाई चार सय घार मौरी वितरण गरेको जनाएको छ । ४० लाख लगानी गरी नगरपालिकासँगको सहकार्यमा सपना भिलेज सोसल इम्प्याक्टले चेपाङहरूलाई घार वितरण गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार