भारतको लोकसभाको अन्तिम चरणको मतदान आज
नेपालबहस संवाददाता
जेठ १९, २०८१ शनिबार ८:१३:१४
१९ जेठ, काठमाडौं । भारतको लोकसभा चुनावको सातौं तथा अन्तिम चरणको मतदान आज हुँदै छ । आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान हुँदैछ । यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, २ केन्द्रीय मन्त्री आरके सिंह र अनुराग ठाकुर चुनावी मैदानमा छन् । त्यस्तै कंगना रनौत, रवि किशन, पवन सिंह, काजल निषादसहित चार कलाकार पनि चुनावी मैदानमा रहेका छन् ।
निर्वाचन आयोगका अनुसार सातौं चरणको निर्वाचनमा ९०४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्ये ८०९ पुरुष र ९५ महिला उम्मेदवार छन् । ५४२ लोकसभा सीटहरूको छैटौँ चरणसम्म ४८५ सीटको लागि मतदान भइसकेको छ । जुन १ मा अन्तिम ५७ सिटमा मतदान हुनेछ । अहिलेसम्म गुजरातको सूरतबाट बीजेपीका उम्मेदवार मुकेश दलाल निर्विरोध निर्वाचित भएकाले ५४२ सिटमा मात्रै मतदान भइरहेको छ ।
यस चरणमा वाराणसी सबैभन्दा भिआइपी सिट हो । प्रधानमन्त्री मोदी विगत १० वर्षदेखि यहाँ सांसद छन् । उनी तेस्रो पटक ठूलो मतान्तरले जित्ने लक्ष्यमा छन् । यसपटक यहाँबाट प्रधानमन्त्री मोदीविरुद्ध ६ जना मात्र उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । सुरुमा १४१ जनाले उम्मेदवारी दिएका थिए । मोदीविरुद्ध अजय राय कांग्रेस–सपा र भारतीय गठबन्धनबाट चुनाव लडिरहेका छन् तर पछिल्ला तीन चुनावमा उनी ठूलो मतान्तरले पराजित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरतन टाटाका सौतेला भाई नोएल बने टाटा ट्रष्टको नयाँ अध्यक्ष
असोज २६, २०८१ शनिबार
चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु
असोज २५, २०८१ शुक्रबार
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या
असोज २५, २०८१ शुक्रबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
लोप हुँदै गएको अवस्थामा संस्कृति जोगाउन पिर्के पिङको संरक्षण
असोज २५, २०८१ शुक्रबार
नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस चलाउँदै
असोज २६, २०८१ शनिबार
टेस्लाको रोबो ट्याक्सी 'साइबरक्याब' सार्वजनिक, के के छन् विशेषता ?
असोज २६, २०८१ शनिबार
दशैंले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ : देउवा
असोज २६, २०८१ शनिबार
न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा
असोज २६, २०८१ शनिबार
पोषणविद् भन्छन्:- दशैंभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ
असोज २६, २०८१ शनिबार
राष्ट्रपतिले आज दिउँसोदेखि इच्छुक सर्वसाधारणलाई दशैंको टीका लगाइदिने
असोज २६, २०८१ शनिबार