च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
नेपालबहस संवाददाता
जेठ १९, २०८१ शनिबार १३:९:३४
१८ जेठ, काठमाडौं । युइएफए च्याम्पियन्स लिगको फाइनल आज राति हुँदै छ । फाइनलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड र जर्मनी क्लब बोरुसिया डोर्टमण्डखेल्दै छन् । इङल्याण्डको विम्बली स्टेडियममा हुने यो फाइनल खेल नेपाली समय अनुसार राति १२ : ४५ बजेदेखि हुँदै छ ।
रियल म्याड्रिडले सेमिफाइनलमा जर्मनी क्लब बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने डोर्टमण्डले फ्रेन्च क्लब पिएसजीलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
यस अघि सबैभन्दा बढी १४ पटक च्याम्पियन्स लिग जितेको रियल म्याड्रिड आफ्नो १५औं उपाधिका लागि फाइनल खेल्दै छ । रियल म्याड्रिड च्याम्पियन्स लिगको इतिहासमा १८औं फाइनल खेल्दै छ । रियल म्याड्रिडले पछिल्लो पटक २०२२ मा च्याम्पियन्स लिग जितेको थियो ।
रियल म्याड्रिड फाइनलमा पुगेर तीन पटक मात्र उपविजेता बनेको छ । सन् १९६२, १९६४ र १९८१ मा रियल म्याड्रिड फाइनलमा पुगेर हारेको थियो । त्यस यता फाइनलमा पुगेर रियल म्याड्रिड अहिलेसम्म पराजित भएको छैन ।
त्यस्तै डोर्टमण्ड भने तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेल्दै छ । यस अघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डोर्टमण्ड पछिल्लो पटक २०१३ मा च्याम्पियन्स लिगको फाइनल खेलेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
कात्तिक ११, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार