बीपी र गिरिजाबाबुले परिकल्पना गरेको नेपालको कृषि क्रान्ति अझै पनि हुन सकेनः नेतृ सुजाता कोइराला
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १९, २०८१ शनिबार १५:५१:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/kisan-mahasangh_M8Tg45EmCD_fMzTT9KYd2.jpg)
१९ जेठ, काठमाडौं । नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाको नेतृत्वमा गएको केन्द्रीय समितिको टोलीले हालै नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुजाता कोइरालासँग उनकै निवासमा भेटघाट गरेको छ । नेपाली कांग्रेसको प्रजातान्त्रिक आन्दोलनमा अहम र अदम्य साहसका साथ लडेकी कांग्रेस नेतृ सुजाता कोइरालाको वर्तमान समयमा भने अलि कम राजनीतिक सक्रियता देखिन्छ ।
नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाल किसान महासंघले गरिरहेका कार्यक्रमहरू साथै महासंघका भावी रणनीतिका विषयमा जानकारी गराउन महासंघको केन्द्रीय समितिको टोली सुजाता निवास बुढानिलकण्ठ पुगेको महासंघका केन्द्रीय सदस्य केशव भट्टराईले बताएका छन् ।
किसानका अगुवा कार्यकर्ता तथा किसान आन्दोलनका नेताहरु भेट्दा आफू सधैं उत्साहित बन्ने र अझै केही गरौं भन्ने नयाँ उर्जा प्राप्त गरेको अनुभव सुनाउँदै कांग्रेस नेतृ कोइरालाले बीपीको सपना अधुरो रहन नदिन नेपाली कांग्रेस सहित यसका सबै भातृसंस्थाहरुलाई नेपाल किसान महासंघले एकताबद्ध बनाएर लैजानु आजको अपरिहार्य आवश्यकता भएको बताएकी छन् ।
महासंघका केन्द्रीय तथा प्रदेश पदाधिकारीहरुसँगको भेटमा कांग्रेस नेतृ कोइरालाले नेपालको राष्ट्रिय आयको झण्डै २७ प्रतिशत क्षेत्र कृषिले ओगटेको बताउँदै बीपी र गिरिजाबाबुले परिकल्पना गरेको नेपालको कृषि क्रान्ति अझै पनि हुन नसकेकोमा चिन्ता व्यक्त गरेकी छन् ।
कांग्रेस नेतृ कोइरालाले किसान महासंघका पदाधिकारीहरूको भेटमा समृद्धिले सजिएको नेपाललाई छिटो र सजिलो तरिकाले समुन्नत बनाउने आधार नै कृषि हो भन्दै कृषि क्रान्तिबाट मात्रै देशको आर्थिक क्रान्ति संभव हुने आफ्ना अनुभवहरू सुनाएकी छन् । किसानलाई आवश्यक पर्ने मल, बिउ, किटनाषक औषधि र सिंचाईको प्रबन्ध गर्न किन सरकार सधैं ढिलाई गरिरहन्छ ? भन्दै किसानका समस्या तत्काल समाधान गर्न विगतमा गिरिजाबाबुसँग पनि आफ्नो झगडा हुने गरेको र कृषि मन्त्रीलाई दवाव दिएर काम गरेको अनुभव सुनाउँदै नेतृ कोइरालाले अझै पनि कृषि अनुदान वास्तविक किसानसम्म पुग्न नसक्नुमा चिन्ता व्यक्त गर्दै किसानलाई सहज र सरल तरिकाले कृषि अनुदान उपलब्ध गराउने कार्यमा नेपाल किसान महासंघले सहयोगीको भूमिका खेलेको आफूले हेर्न चाहेको बताएकी छन् ।
२००७ सालको राजनीतिक परिवर्तन पछि २००८ सालमा बीपीले किसान संघ बनाएको स्मरण गर्दै नेतृ सुजाता कोइरालाले बीपी कोइराला आफू प्रधानमन्त्री बन्ने बित्तिकै २०१५ सालमा विराट कृषि फर्मको स्थापना गरेको र २०४८ सालमा गिरिजाबाबु प्रधानमन्त्री बन्ने बित्तिकै राष्ट्रिय कृषि अनुसन्धान केन्द्र स्थापना गरेको कुराले पनि नेपाली कांग्रेस नेपाली किसान दाजुभाईहरु प्रति कति जिम्मेवार छ भन्ने कुराको पुष्टि गर्छ भन्दै नेपालको विकास भनेको किसानको हितमा काम गर्नु हो भन्ने बीपी कोइरालाको भनाईलाई सधैं स्मरण गरेर काम गर्न नेपाल किसान महासंघलाई अनुरोध समेत गरेकी छन् ।
भेटका क्रममा नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले आफू सधैं बीपीको विचारधाराबाट अभिप्रेरित रहेको बताउँदै अहिले नेपाल किसान महासंघलाई केन्द्रदेखि प्रदेश हुँदै जिल्ला, पालिका र वडास्तरसम्म चलायमान गराइएको बताएका छन् । अध्यक्ष तिमिल्सिनाले पार्टीको सबैभन्दा ठूलो र आम नेपाली किसानहरुको संगठन नेपाल किसान महासंघले अब किसानका हर एक समस्यामा साथ र सहयोग पुर्याउँदै किसानसँग कांग्रेस जोड्ने साँघुको रुपमा नेपाल किसान महासंघले काम गर्ने बताएका छन् ।
भेटमा नेपाल किसान महासंघका केन्द्रीय सदस्यहरू केशव भट्टराई, प्रमिला पोखरेल, राधिका सुवेदी, ईश्वर गिरी, रवि पण्डित, कोशी प्रदेश सचिव यज्ञप्रसाद भट्टराई, मोरङ जिल्ला अध्यक्ष बसन्त हुमागाईँ लगायतको सहभागिता रहेको महासंघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार