चुरे संरक्षण पदयात्रा टोलीद्वारा काठमाडौंमा र्याली
नेपालबहस संवाददाता
जेठ १९, २०८१ शनिबार १९:४५:४४
१९ जेठ, काठमाडौं । चुरे तथा वन जोगाउन अभियानमा जुटेको चुरे संरक्षण पदयात्रा समूहले आज राजधानीमा र्याली निकालेको छ । सप्तरीबाट २५ दिनको पैदलयात्रा पूरा राजधानी आइपुगेको पदयात्रा समूहले समग्र देश र मधेसलाई मरुभूमि हुनबाट जोगाउन चुरो दोहनलाई तत्काल रोक्न माग गर्दै आएको छ । तराई-मधेसको मुख्य पानीको स्रोतका रूपमा रहेको चुरेबाट रोडा, ढुङ्गा र गिट्टी निकाल्ने नाममा भइरहेको दोहनका कारण तराई मरुभूमिमा परिणत हुने सम्भावना बढेकाले त्यस क्षेत्रका किसान टोली राज्यलाई दबाब दिन पदयात्रा गर्दै केही दिनअघि काठमाडौँ आइपुगेको हो ।
उनीहरुले चुरे वनज्गल संरक्षण–संवर्द्धन, दलित भूमिहीन तथा सुकुम्बासीको भूमि अधिकारको माग तथा चुरेको अवैध उत्खनन, सिर्सियालगायका नदी प्रदूषण एवं अतिक्रमण रोक्न दबाब सिर्जना गर्ने हेतुले सप्तरीको भारदहबाट बाराको पथलैया हुँदै काठमाडौँसम्मको पदयात्रा गरेका थिए ।
विगत केही वर्ष चुरे क्षेत्रबाट नदीजन्य पदार्थ गिट्टी, रोडा, ढुङ्गा उत्खनन र निकासीमा रोक लगाएकामा पछिल्लो समय त्यसमा फुकुवा गरेपछि आसपासका जनता अवैध उत्खननलाई रोक्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । पछिल्लो समय तराईमा पानीको सतह घटेकाले कतिपय ठाउँमा खानेपानीकै समस्य विकराल रूपमा देखिएको छ । पदयात्राका टोलीका राष्ट्रिय संयोजक सुनिल यादवले १० दिनदेखि माइतीघर मण्डलामा चुरे संरक्षणका मुद्दा लिएर धर्नामा बस्दासमेत सरकारले बेवास्ता गरेको गुनासो गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार