संघीयताको मर्मअनुसार प्रदेशले अधिकार पाएनः मुख्यमन्त्री पाण्डे
नेपालबहस संवाददाता
जेठ १९, २०८१ शनिबार २१:२०:५४
१९ जेठ, लेखनाथ (कास्की) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयताको मर्मअनुसार प्रदेशले अधिकारप्राप्त नगर्दा सीमित स्रोतसाधनमा काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको गण्डकी प्रदेश स्तरीय दुई दिने सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले अझै पनि राजनीतिक र वित्तीय सङ्घीयता लागू हुन नसकेको बताए । उनले आर्थिक स्रोतको अभावका कारण पुस्तकालयलाई मन फुकाएर सहयोग गर्न नसकेको बताए । “सार्वजनिक पुस्तकालयलाई बचाउनुपर्छ भनेर बौद्धिक जगत लागेको छ तर प्रदेश सरकारले अधिकारप्राप्त गर्न नसक्दा जुन रूपमा आर्थिक सहयोग गर्न सकिन्थ्यो त्यो सहयोग गर्न सकिएको छैन”, उनले भने ।
प्रविधिको विकासले सबैका हातहातमा मोबाइल हुँदा पुस्तकालयमा पुगेर पढ्नेको सङ्ख्या घट्दो क्रममा रहेकाले अब पुस्तकालयलाई प्रविधियुक्त बनाउन लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा तथा जलस्रोत एवं सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले प्रदेशमा सार्वजनिक पुस्तकालय सञ्चालनका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए । पुस्तकालयसम्बन्धी ऐन, कानुन निर्माण गर्न आफू सधैँ सक्रिय रहेको बताउँदै मन्त्री थापाले शैक्षिक संस्थामा सञ्चालित पुस्तकालयलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राडा विश्व श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दीपशिखा सामुदायिक पुस्तकालय पोखराका अध्यक्ष्य कृष्णप्रसाद भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार