सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
नेपालबहस संवाददाता
जेठ १९, २०८१ शनिबार २२:१७:२९
१९ जेठ, काठमाडौं । सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाइने भएको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री र्याम्प (सिँढी) राख्न निर्देशन दिएको हो । सार्वजनिक यातायातलाई अपाङ्ग र अशक्तमैत्री बनाउन सार्वजनिक बसमा एक महिनाभित्र र्याम्प (सिँढी) राख्न सम्बन्धित मन्त्रालयबाट यातायात व्यवसायी सम्बद्ध सङ्घरसंस्थाहरूलाई निर्देशन गर्नका लागि यही जेठ १७ गते सचिवस्तरीय निर्णय गरी पत्राचार गरिएको जनाइएको छ ।
अपाङ्गता भएका तथा अशक्त व्यक्तिहरूलाई आवागमनमा सहज होस् भन्नका लागि सार्वजनिक बस मा अनिवार्य अपाङ्गतामैत्री र्याम्प राख्न निर्देशन दिइएको गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । उनले भने, “परिवार तथा राज्यबाट नै विशेष हेरचाह आवश्यक पर्ने अपाङ्ग र अशक्त भएका व्यक्तिहरूलाई सार्वजनिक यातायातमा सहज होस् भनेर यो निर्णय गरिएको हो ।” समाज तथा राज्यले समेत विशेष प्राथमिकतामा राख्नुपर्ने भन्दै हरेक क्षेत्रबाट यसैगरी उनीहरुलाई सहज हुने वातावरण सिर्जना गर्दै जानुपर्ने गृह सचिव अर्यालको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार