पुतलीबजारलाई सबैभन्दा धेरै बजेट, भीरकोटलाई सबैभन्दा कम विनियोजन
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार ११:२४:१७
२० जेठ, स्याङ्जा । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा स्याङ्जाका ११ स्थानीय तहलाई ५ अर्ब ४३ करोड विनियोजन गरिएको छ । विनियोजित बजेट मध्ये ५ नगरपालिकालाई तीन अर्ब तीन करोड ५४ लाख र ६ गाउँपालिकाको लागि एक अर्ब ९६ करोड ८९ लाख विनियोजन भएको हो ।
नगरपालिकातर्फ सबैभन्दा बढी पुतलीबजार नगरपालिकालाई एक अर्ब ४ करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ भने भीरकोट नगरपालिकालाई सबैभन्दा कम ४० करोड ७८ लाख विनियोजन गरिएको छ ।
पुतलीबजारलाई विनियोजन गरिएको एक अर्ब ४ करोड ४१ लाख रकममध्ये समानीकरण अनुदानमा १३ करोड ८८ लाख, सशर्त अनुदानमा ८६ करोड ८३ लाख, विशेष अनुदानतर्फ ९० लाख र समपुरक अनुदानमा दुई करोड ८० लाख रहेको छ ।
वालिङलाई समानीकरण अनुदानमा १५ करोड १० लाख, सशर्त अनुदान तर्फ ४१ करोड ८८ लाख, विशेष अनुदानमा एक करोड २० लाख र समपुरक अनुदानमा दुई करोड ८५ लाख गरी ६१ करोड तीन लाख विनियोजन गरिएको छ । गल्याङ्लाई समानीकरण अनुदानमा १२ करोड ४५ लाख, सशर्त अनुदान तर्फ ३७ करोड ८२ लाख, विशेष अनुदानमा तीन करोड गरी ५३ करोड २७ लाख विनियोजन भएको छ ।
उता चापाकोटलाई ४४ करोड ५ लाख विनियोजन गरिएको छ । विनियोजित बजेटमा समानीकरण अनुदानमा १० करोड ७ लाख, सशर्त अनुदान तर्फ ३१ करोड ४८ लाख, र समपुरक अनुदानमा दुई करोड ५० लाख रहेको छ । भीरकोटलाई समानीकरण अनुदानमा १० करोड २२ लाख, सशर्त अनुदान तर्फ २७ करोड एक लाख, विशेष अनुदानमा दुई करोड १५ लाख र समपुरक अनुदानमा एक करोड ४० लाख गरी ४० करोड ७८ लाख विनियोजन गरिएको छ ।
गाउँपालिका तर्फ सबैभन्दा बढी कालीगण्डकीलाई ४३ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएको छ भने सबैभन्दा कम फेदीखोलालाई २६ करोड ६६ लाख विनियोजन गरिएको छ । कालीगण्डकीलाई समानीकरण अनुदानमा ९ करोड ४४ लाख, सशर्त अनुदान तर्फ ३० करोड ७४ लाख, विशेष अनुदानमा तीन करोड ७० लाख गरी ४३ करोड ८८ लाख विनियोजन गरिएको छ ।
बिरुवालाई ३४ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ । समानीकरण अनुदानमा ८ करोड ६३ लाख, सशर्त अनुदान तर्फ २२ करोड ७० लाख, विशेष अनुदानमा दुई करोड ६० लाख र समपूरक अनुदानमा ७५ लाख रहेको छ । आँधिखोलालाई समानीकरण अनुदानमा ८ करोड ३६ लाख, सशर्त अनुदान तर्फ २३ करोड १९ लाख, विशेष अनुदानमा एक करोड ५० लाख र समपूरक अनुदानमा एक करोड ५० लाख गरी ३४ करोड ५५ लाख विनियोजन गरिएको छ ।
अर्जुनचौपारीलाई २९ करोड १९ लाख विनियोजन गरिएको छ । विनियोजित रकममा समानीकरण अनुदान तर्फ ८ करोड १८ लाख, सशर्त अनुदानमा १९ करोड एक लाख र समपूरक अनुदानमा दुई करोड गरी रहेको छ । हरिनाशलाई समानीकरण अनुदानमा ८ करोड २३ लाख, सशर्त अनुदान तर्फ १८ करोड ५५, विशेष अनुदानमा एक करोड १५ लाख गरी २७ करोड ९३ लाख विनियोजन भएको हो ।
फेदीखोलालाई २६ करोड ६६ लाख विनियोजन भएको छ । विनियोजित बजेटमा समानीकरण अनुदानमा ७ करोड ४८ लाख, सशर्त अनुदान तर्फ १७ करोड ८ लाख, विशेष अनुदानमा एक करोड १० लाख र समपूरक अनुदान एक करोड रहेको छ ।
जिल्लाका ११ स्थानीय तहहरूलाई विनियोजित बजेटमा समानीकरण अनुदान तर्फ एक अर्ब १२ करोड चार लाख, सशर्त अनुदानमा तीन अर्ब ५६ करोड २९ लाख, विशेष अनुदानमा १७ करोड ३० लाख र समपुरक अनुदान तर्फ १४ करोड ८० लाख गरी कुल ५ अर्ब ४३ लाख बजेट विनियोजन भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार