जनसम्पर्क समिति डेनमार्कमा सहमति अनुरुप नेतृत्व हस्तान्तरण गर्न आनाकानी

नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार ११:४८:५४

२० जेठ, कोपनहेगन । नेपाली कांग्रेस समर्थित जनसम्पर्क समिति डेनमार्कमा अहिले चरम विवाद देखिएको छ। सन् २०२१ डिसेम्बर ५ का दिन भएको अधिवेशनमा सभापतिमा दुई जना आकांक्षी देखिए पछि चार वर्षे कार्यकाललाई यादव बस्नेत र बुद्धि प्रसाद सापकोटाले आधा आधा गर्ने सहमति भएको थियो। केन्द्रीय प्रतिनिधिको रोहबरमा हलभित्र उपस्थित सम्पूर्ण व्यक्तिहरूको सामुन्ने भएको सहमति कार्यान्वयन गर्न हालका सभापति यादव बस्नेतले कुनै चासो नदेखाएको अर्को पक्षको आरोप छ।
उक्त अधिवेशनमा सहमति नजुट्ने देखिएपछि संस्थापक सभापति नवीनराज पौडेल, पूर्व सभापतिहरू त्रिलोचन सापकोटा, रामचन्द्र पाठक, नवीन आचार्य तथा वीरेन्द्र सिंह कार्कीको पहलमा कार्यकाल आधा आधा गर्ने सहमति जुटेको थियो। सहमति मात्र नभई सबैको हस्ताक्षरसहितको सहमति पत्र पनि बनाई एक एक प्रति यादव र सापकोटाले लिएका पनि थिए।
उक्त सहमति गरिएको र सहमति कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएको त्यो बेलाको भिडियो पनि हाल सार्वजनिक भएको छ। उक्त सहमति गरी पत्रमा हस्ताक्षर गरे पनि हाल नेतृत्व हस्तान्तरण गर्न हलका सभापति यादव बस्नेत इच्छुक नदेखिएकोले उनीमाथि नैतिकताको प्रश्न उठेको छ। यो सम्बन्धमा बुद्धि प्रसाद सापकोटासँग सम्पर्क गर्दा उनले भने हस्तान्तरण गर्नुपर्ने बेलामा पनि आनाकानी गर्दै आलटाल गर्दै, कहिले अधिवेशन गर्ने भन्दै टार्ने त कहिले हस्तान्तरण गर्दिन भन्ने खालको रवैया बस्नेतले देखाएका छन्, जुन लज्जास्पद भएको र नैतिकता र इमान्दारिता नदेखिएको उनले बताए।
यसैगरी महामन्त्री कृष्ण गिरीका अनुसार हालको नेतृत्वले हस्तान्तरण गर्नुपर्ने र सहमतिको अक्षरश पालना हुनुपर्नेमा आफ्नो जोड रहेको बताए। हालको कार्यसमितिका बहुमत सदस्य तथा पूर्व सभापतिहरू समेत नेतृत्व हस्तान्तरणको पक्षमा रहेर बैठक बसी निर्णय नै गरिसकेको भए पनि हालका सभापति बस्नेतसँग इमान्दारिता नदेखिएको पनि उनले बताए। संस्थाका बहुमत सदस्यलाई पेलेर जाने मानसिकतामा बस्नेत भएको पनि उनले बताए।
सोच्दा पनि अचम्म लाग्ने, विदेशमा बसेर पनि पद पाएपछि ओगटी रहने प्रवृत्ति जनसम्पर्क समिति डेनमार्कमा देखिएको छ। विदेशमा बस्ने नेपाली पनि पदको लागि कतिसम्म हर्कत गर्छन् भन्ने उदाहरण जनसम्पर्क समिति डेनमार्कका हालका सभापति बस्नेतले स्पष्ट देखाएको संस्थाका धेरै सदस्यहरूले सामाजिक सञ्जालमा लेखी नै सकेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी
माघ २२, २०८१ मंगलबार
आगामी वैशाखमा एनआरएनएको दशौँ एकता महाधिवेशन काठमाडौंमा हुने
माघ १४, २०८१ सोमबार
सोनाम लामाको अध्यक्षतामा यूएनडीओको अन्तर्राष्ट्रिय कार्य समिति गठन
माघ १४, २०८१ सोमबार
ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट
माघ ३०, २०८१ बुधबार
कक्षामा हल्ला गरेको भन्दै शिक्षिकाले ३ जना विद्यार्थीलाई तातो पन्युले डामिन्
माघ ३०, २०८१ बुधबार
साँखुमा स्कुलबस दुर्घटना: ३ जनाको मृत्यु, ४० घाइते
माघ ३०, २०८१ बुधबार
मालपोत कार्यालय लहानको कामकाज प्रभावित
माघ ३०, २०८१ बुधबार
हल गोरु पाल्ने कृषकलाई अनुदान
माघ ३०, २०८१ बुधबार
भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने लोसपाको निर्णय
माघ ३०, २०८१ बुधबार