प्रतिनिधिसभा बैठक जारी, राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार ११:५८:४१
२० जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यतालिका छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकका रुपमा सडकमा खटाइनु कानुन र विधि सम्मत नरहेको बताए । कानुनी राज्यलाई पहिलो प्राथमिकता राखेर विधिको शासनभित्र रही काम गर्नुपर्ने उनको भनाइ छ ।
ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा नखटाउन सभामुखमार्फत रुलिङ गर्न पनि सांसद खतिवडाले माग गरे । महिनावारी भएको समयमा महिला प्रहरीलाई बिदा दिने विषय सकारात्मक भए पनि कानुन बनाएर मात्र कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए ।
सांसद ईश्वरीदेवी न्यौपानेले संसद् भवनमा आमनागरिकको सहज प्रवेशका लागि व्यवस्था गरिनुपर्ने बताइन् । सांसदहरू संसद्मा मर्यादित पोसाकमा उपस्थित हुनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि पनि उनले सभामुखमार्फत माग राखिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार