स्रोत नखुलेको रकमसहित विभिन्न जिल्लाबाट आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार १२:५६:४१
२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट स्रोत नखुलेको ७२ लाख रूपैयाँसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२४ न्युरोड बस्ने भोजपुर पौवा डुग्मा गाउँपालिका-४ घर भएका ५० वर्षीय भिमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् । उक्त गेस्ट हाउसमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
त्यस्तै पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ४ लाख ८२ हजार नेपाली रूपैयाँ र १ लाख ७२ हजार ५ सय भारतीय रूपैयाँसहित धादिङ धुनीवेशी नगरपालिका-१ बस्ने ३२ वर्षीय राजन तामाङ समेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.२० च ४८४१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार