स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप, चार जना घाइते
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार १३:१४:५५
२० जेठ, काठमाडौं । दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् । दाङ प्रहरीका अनुसार घाइतेलाई राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको छ ।
स्वर्गद्वारी गुठी पीडित किसानहरुले आफूहरुका माग सम्बोधन नभएको भन्दै दाङको घोराहीमा रहेको मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न जादा प्रहरीले बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले कार्यालय खुलाउने क्रममा तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको जनाएको छ ।
प्रहरीका अनुसार अप्रिय घटना हुन नदिन १० राउन्ड अश्रुग्याँस प्रहार गरेको जनाएको छ । प्रहरीका अनुसार अहिले स्थति नियन्त्रणमा आएको छ ।
सरकारले आफूहरुसँग पटक–पटक सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाबस्वरुप नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएको स्वर्गद्वारी गुठी पीडित किसानहरुले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार