कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार १५:१३:५३
२० जेठ, कुबेत सिटी । कुबेतका अमिरले राजगद्दी सम्हालेको छ महिनापछि र संसद निलम्बन गरेको केही हप्तापछि शनिबार नयाँ युवराजका रूपमा शेख सबाह खालिद अल–हमाद अल–सबाहको नाम सार्वजनिक गरेका छन् ।
सन् २०११ देखि २०१९ सम्म खाडी मुलुकको विदेशमन्त्री र सन् २०२२ सम्म प्रधानमन्त्री भइसकेका ७१ वर्षीय शेख राजनीतिक एवं कुटनीतिक जगतमा अनुभवी व्यक्ति मानिन्छन् ।
गत मे महिनामा ८३ वर्षीय अमिर शेख मेशाल अल अहमद अल सबाहले निर्वाचनको छ हप्तापछि संसद विघटन गरेपछि कुवेतमा नयाँ राजनीतिक उथलपुथल मच्चिएको थियो । उहाँले संविधानका केही प्रावधान पनि निलम्बन गरेका थिए ।
गत डिसेम्बरमा राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेपछि उहाँले दोस्रो सरकार गठन गरी जिम्मेवारी तोकेका थिए । अन्य खाडी मुलुकहरूको तुलनामा कुवेतमा प्रभावशाली संसद् छ भने अधिकांश शक्ति राजपरिवारमा छ । सांसदहरूसँग अधिकार भएपनि सरकारसँग उनीहरूको नियमित लडाईंले बारम्बार सङ्कट निम्त्याउँछ ।
कुवेतसँग विश्वको करिब सात प्रतिशत तेल भण्डार छ र यो देशमा विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोष रहेको छ । तर, हालैका वर्षहरूमा कुवेतले आफ्नो अर्थतन्त्रलाई तेलमा निर्भरताबाट टाढा राख्न सङ्घर्ष गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनोबेल शान्ति पुरस्कार पाउने जापानी संस्था निहोन हिडान्क्योले के गर्छ ?
असोज २६, २०८१ शनिबार
रतन टाटाका सौतेला भाई नोएल बने टाटा ट्रष्टको नयाँ अध्यक्ष
असोज २६, २०८१ शनिबार
चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु
असोज २५, २०८१ शुक्रबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
लोप हुँदै गएको अवस्थामा संस्कृति जोगाउन पिर्के पिङको संरक्षण
असोज २५, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा आफन्तजनलाई टीकाप्रसाद
असोज २६, २०८१ शनिबार
दशैंमा आज पोखरामा निःशुल्क बस सञ्चालन
असोज २६, २०८१ शनिबार
गायक दुर्गेश थापा विजयादशमीको टीकाप्रसाद ग्रहण गरिँदै
असोज २६, २०८१ शनिबार
भक्तपुरमा ब्रम्हायणी जात्राको रौनक
असोज २६, २०८१ शनिबार
राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहण
असोज २६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण
असोज २६, २०८१ शनिबार