एक अर्ब ५१ करोड ठगी गरेको आरोपमा पक्राउ परेका सीबी लामा सार्वजनिक
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार १५:२५:५८
२० जेठ, काठमाडाैं । एक अर्ब ५१ करोड रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका चन्द्रबहादुर लामा 'सीबी' लाई प्रहरीले सार्वजनिक गरेको छ । चितवन भरतपुरबाट शुक्रबार पक्राउ परेका लामालाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सार्वजनिक गरेको हो ।
कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सिबी लामाविरूद्ध प्रहरीमा एक अर्ब ५१ करोड रूपैयाँभन्दा बढी रकम ठगीको जाहेरी परेको खुलेको छ।
आइतबार पत्रकार सम्मेलन गरेर प्रहरीले काभ्रे घई भई ललितपुरको बालकुमारीस्थित वेष्टर्न अपार्टमेन्टमा बसोबास गर्ने ४९ वर्षीय तामाङलाई सार्वजनिक गरेको छ। उनीमाथि दुई वटा सहकारीको रकम अपचलन गरेको आरोप छ।
कान्तिपुर र पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा अध्यक्ष भएर उनले अर्बौं रकम अपचलन गरेको आरोप लागेको छ। उनीविरूद्ध गत फागुन २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
कान्तिपुर सहकारीको अनुसन्धान प्रहरी वृत्त बानेश्वरले अघि बढाएको थियो। यसमा तामाङलाई पक्राउ गर्न जेठ १५ गते वृत्तले कार्यालयलाई अनुरोध गरेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार