काठमाडौं महानगरले 'वुमन अफ द वर्ल्ड' फेस्टिभल आयोजना गर्छ : उपप्रमुख डंगोल
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार १९:०:१४
२० जेठ, काठमाडौं । वेलायतको म्यानचेस्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’मा सहभागी भएर काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज स्वदेश फर्किएकी छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फेस्टिभलका विषयमा कुरा गर्दै उनले, आउँदो नोभेम्बर महिनामा काठमाडौंले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्ने बताइन् । ‘विश्वका महिलाहरूको पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध आयामबाट अवस्था बुझ्ने अवसर प्राप्त भयो । वास्तवमा यो अपूर्व अवसर थियो ।’ डंगोलले भनिन, ‘अवस्थालाई अवसरमा रुपान्तरण गरिएका कथाहरू हाम्रा लागि सिकाइ बनेका छन् । यो सिकाइलाई हामी महिलाहरूको सार्थक र सक्रिय सशक्तीकरणका लागि उपयोग गर्छौँ ।’
सम्मेलनमा संगीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखकसहित विभिन्न क्षेत्रका विश्वस्तरका वक्ताहरुलाई आमन्त्रण गरिएको थियो । राजनीति क्षेत्रको प्रतिनिधित्व गर्दै अष्ट्रेलीयाकी पहिलो महिला प्रधानमन्त्री जुलिया गिलर्ड र काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विचार राखेकी थिइन् । फेस्टिभलको संवाद सत्रमा उनीहरुलाई ‘वुमन अफ द वल्र्ड’ अभियानकी संस्थापक जुड केलीले संवाद गरेकी थिइन् । संवादमा महिलाहरूका परिस्थिति र प्रतिकूलताबाट उठ्नका लागि गर्न सकिने सहभागितामुलक कामका विषय समेटिएका थिए । संवादमा उपप्रमुख डंगोलले, नेपाली राजनीतिमा महिलाहरूको सहभागिता बढ्दै गएको बताएकी थिइन् ।
सम्मेलनपछि विभिन्न द ब्रिटिस एकेडेमी, ब्रुनल युनिभर्सिटी, रोयल जिओग्राफिकल सोसाइटीसहित विभिन्न संघसंस्थाले आयोजना गरेको ‘इन्डिजिनाइजिङ् द हिमालयज’ कार्यक्रममा सहभागी हुनुभयो । नेपालका हिमाली क्षेत्रका तस्विर देखेर बनाइएका गलत धारणा र प्रचारलाई सुधार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदै उहाँले नेपाली संस्कृतिको उचाइलाई घट्न नदिन सबै प्रकारका प्रयासहरू गरिरहनु पर्ने बताइन् । यस क्रममा अक्सफोर्ड विश्वविद्यालयमा ‘शहरीकरणको अभ्यास : अवस्था र आवश्यकता’ विषयमा काठमाडौँको प्राचीनता जोगाउन र आधुनिक आवश्यकता पूरा गर्न महानगरपालिकाले गरेको प्रयासका बारेमा प्रस्तुतीकरण गरेकी थिइन् ।
लण्डनस्थित वेलायतका लागि नेपालको राजदूतावासले आयोजना गरेको नेपाली समुदायको अन्तरक्रियात्मक कार्यक्रममा सहरी विकास र व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले गरिरहेका प्रयास र राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्धका विषयमा कुराकानी भएको थियो । ब्रिटिस काउन्सिलको निमन्त्रणामा उनी फेस्टिभलमा सहभागी हुन जेठ ९ गते प्रस्थान गरेकी थिइन् । मेनचेष्टर शहरको अभोभा स्टुडियोमा जेठ ११ सुरु फेस्टिभल सुरु भएको थियो । फेस्टिबलमा सहभागी हुन उनीसँग वडा सदस्य श्रृष्टी कंसाकार, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई, महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान गएकी थिइन् ।
स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रका महिलाहरूका बीच अन्तरक्रिया र अनुभव आदानप्रदान हुने फेस्टिभल हरेक बर्ष आयोजना हुने गरेको छ । यो सन् २०११ मा लण्डनको साउथ बैङ्कबाट सुरु भएको हो । यसअघिका कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रुपमा सहभागी भइसकेका छन् । लैङ्गिक समानता र समावेशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य हो । हाल सम्म विश्वका ६ महादेशहरूको ४५ भन्दा बढी स्थानहरूमा ५० लाख भन्दा बढी व्यक्तिहरूले सहभागिता जनाइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार