एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार १९:१०:७
२० जेठ, काठमाडौं । फ्रेन्च फुटबलर किलीयन एम्बाप्पे अन्ततः: रियल म्याड्रिड जाने निश्चित भएको छ । एम्बाप्पेले रियल म्याड्रिडसँग फ्री-ट्रान्सफरको सम्झौता गरेका हुन् । २५ बर्षिय एम्बाप्पेको पिएसजीमा जुन ३० मा सम्झौता सकिँदै छ । त्यसपछि उनी रियल म्याड्रिड जाने सम्झौता गरेको फुटबल पत्रकार फाब्रिजियो रोमानोले जानकारी दिएका छन् । रियल म्याड्रिडले एम्बाप्पेलाई भित्र्याएको घोषणा केही दिनमा गर्ने उनले जानकारी दिएका छन् ।
रियल म्याड्रिडले यस सिजनको च्याम्पियन्स लिग जितेसँगै एम्बाप्पेसँग सम्झौता गरेको उनले बताएका छन् । मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा साइन गरे पनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ । रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात बर्षदेखि भित्र्याउने प्रयासमा रहेको थियो ।
उनले यस अघि नै पिएसजीका फ्यानहरुलाई एक पोष्ट लेख्दै आफूले क्लब छोड्ने जानकारी दिएका थिए । २०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोंमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बनेका थिए । अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् । पिएसजीमा रहँदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने चार सिजन फ्रेन्च कोपा डे जितेका छन् । त्यस्तै २०१९-२० सिजनमा पीएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण: स्वास्थ्यमन्त्री पौडेल
पुष १२, २०८१ शुक्रबार
नागरिकता समस्या समाधान अध्ययन समितिले बुझायो प्रतिवेदन, वितरणलाई सहज बनाउन सुझाव
पुष १२, २०८१ शुक्रबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
अन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार