एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार २०:१२:५२
२० जेठ, काठमाडौं । दोहोरो राहदानी र करोडौंको सहकारी ठगी लगायतका विवादै विवादको घेरामा परेका गृहमन्त्री रवि लामिछाने फेरि गम्भीर विवादमा तानिएका छन् । शुक्रबार मध्यरात नेपाल प्रहरीका एसपीको एसएसपीमा भएको बढुवा सिफारिसमाथि गृहमन्त्रीको सचिवालयबाट व्यापक चलखेल भएको आरोप लागेको छ ।
नेपाल प्रहरीकै एक एसपीले बढुवामा बार्गेनिङ भएको गम्भीर आरोप लगाएका हुन् । बढुवामा छुटेका एसपी गोविन्द अधिकारीले सार्वजनिक रुपमै यस्तो आरोप लगाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘गृहबाट बढुवा लिष्ट आउट गर्ने, मिडिया ट्रायल गर्ने, अनि बार्गेनिङ गरी फाइनल गर्ने नयाँ चलन चलेको हो ?’ उनको स्टाटस भाइरल भएपछि अहिले भने उनले आफ्नो प्रोफाइल लक्ड गरेका छन् ।
गृहसचिवको अध्यक्षतामा बसेको बढुवा समितिले एसपीहरू श्यामकृष्ण अधिकारी, रविन्द्र रेग्मी, भीम दाहाल र नान्तिराज गुरुङलाई बढुवा सिफारिस गरेको छ । एसपी अधिकारी पनि बढुवाका प्रतिस्पर्धी थिए । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले बिहीवार गरेको बढुवा सिफारिस सूचीमा एसपी अधिकारीको नाम थियो । तर शुक्रबार सार्वजनिक बढुवा सूचीमा उनको नाम काटियो । वरियतामा आफूभन्दा पछाडि रहेकाहरू बढुवा सिफारिस गरेको, तर कारबाही नै नभोगेको व्यक्तिलाई छुटाइएको आरोप एसपी अधिकारीको छ । सोही कारण उनले मिडिया ट्रायल गरेर बार्गेनिङ गरेको आशंका व्यक्त गरेका हुन् ।
एसपी अधिकारीकी श्रीमती अनिता ढकाल अधिकारीले पनि बढुवा भएको हल्ला गरेर बढुवामा छुटाइएको भन्दै यसको छानविन गर्न माग गरेकी छिन् । प्रहरी स्रोतका अनुसार संकेत गृहमन्त्री लामिछानेका पिए एवं रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले प्रहरी सरुवा र बढुवामा व्यापक चलखेल र बार्गेनिङ गर्ने गरेका छन् । सञ्चारकर्मी हुँदा पनि लामिछानेले उनै बोहोरा मार्फत बार्गेनिङ गर्ने गरेको आरोप लाग्ने गर्थ्यो ।
यसपटकको बढुवाका लागि ०५६ सालको ब्याचका ९ जना एसपीहरू प्रतिस्पर्धामा थिए । साथै अघिल्लो डीआईजी बढुवामा ३ ब्याच पछिको टोलीले उछिनेर छलाङ मारेपछि ०५८ को ब्याची पनि दौडधुपमा थिए ।
०५६ को ब्याचबाट एसपी विमल बस्नेत पहिलो नम्बरमा थिए । तर २०७७ कर्णाली प्रदेशको ट्राफिक प्रमुख रहेका बेला मातहतका टोलीबाट रकम असुलेको आरोप लागेर निलम्बनमै परेका उनको ५ वर्ष बढुवा रोक्का भएकाले पर्ने सम्भावना न्यून थियो ।
२०५६ को टोलीबाट दोस्रो नम्बरमा रहेका हिराबहादुर पाण्डे, तेस्रोमा रहेका श्यामकृष्ण अधिकारी, नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाई, विनोद सिलवाल र भीमबहादुर दाहाल प्रतिस्पर्धामा थिए । यी मध्ये पहिलो, दोस्रो, छैटौं, सातौं र आठौं नम्बरमा रहेका एसपीहरूलाई छुटाएर नवौं नम्बरमा रहेका भीम दाहाललाई बढुवा सूचीको तेस्रो नम्बरमा पारिएपछि गृहमन्त्रीको सचिवालयले चलखेल गरेको आरोप सत्यताको नजिक पुगेको हो ।
जबकी उनी विरुद्ध सवारी ज्यानको मुद्दा झापा जिल्ला अदालतमा विचाराधीन नै छ । प्रदेश प्रहरी कार्यालय धरान रहेका बेला २०८० मंसिरमा दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडीको ठक्करबाट मे १० प १६६९ नम्बरको मोटरसाइकलका चालक अनिल मडीको मृत्यु भएको थियो । त्यसबेला जिप्रका झापाले एसपी दाहाललाई हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाएको थियो । अदालतबाट उनी तारेखमा छुटे, तर मुद्दा विचाराधीन नै छ ।
त्यस्तै सिराहाको एसपी रहेको बेला कारबाहीमा परेका कारण एसपी हिरा पाण्डे पनि बढुवा सिफारिसमा पर्ने सम्भावना कम थियो । २०७९ पुसमा मदिरा सेवन गरेर कांग्रेसका सिराहाका नेतालाई आक्रमण गर्छु भनेका कारण उनको जिम्मेवारी खोसिएको थियो ।
तर २०७८ भदौमा बाँकेको एसपी रहेका बेला नेपालगञ्जको मोजाङ मिनी क्यासिनोका एजेन्टसँग मदिरा र मोबाइल उपहार लिएर विवादमा परेका श्यामकृष्ण अधिकारी भने बढुवा सूचीमा समेटिए । उनलाई तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्देशन दिएपछि बल्ल मदिरा र मोबाइल फिर्ता गरेका थिए । तिनै अधिकारी अहिलेको अधिकारी बढुवा सिफारिसमा पहिलो नम्बरमा परेका छन् ।
नान्तिराज गुरुङ पनि चितवन जिल्ला प्रहरी प्रमुख हुँदा तस्करी धन्दा चलाएर अकुत आर्जन गरेको, हरेक मुद्दामामिलामा पैसा उठाउने गरेको, प्रहरीको आन्तरिक सरुवामा पैसा असुल्ने तथा लेखापालसँग मिलेर भ्रष्टाचार गरेको बारेमा प्रहरी प्रधान कार्यालयबाट छानविनमा परेका अधिकृत हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार