ग्रेटर नेपालको नयाँ नक्सा सार्वजनिक
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार २१:१३:४३
२० जेठ, काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले वृहत्तर (ग्रेटर) नेपालको नयाँ नक्सा आइतबार सार्वजनिक गरेको छ । राजधानीमा आयोजित पत्रकार भेलामा नयाँ नक्सा सार्वजनिक गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले पूर्वमा ब्रह्मपुत्रदेखि पश्चिममा रावी नदीसम्मको भूभाग नेपालको आफ्नो जमिन भएको दावी गरे ।
ग्रेटर नेपालको इतिहासप्रति हामी किन गौरव गर्छौँ भने हाम्रा वीर पुर्खाले हामीलाई गौरवशाली इतिहास छोडेर गएका थिए, उनले भने, पुर्खाले आर्जेको भूभाग हाम्रो हो । अध्यक्ष नेपालले पुर्खाको त्यो गौरव खास गरी हाम्रा पुर्खाको वीरतासँग जोडिएको छ, तिनले देशको माटोको सुरक्षा र प्रतिरक्षामा बगाएको पवित्र रगतसँग जोडिएको उल्लेख गर्दै त्यही गौरवको गाथालाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विगत डेढ दशकदेखि ग्रेटर नेपालको नक्सामार्फत् जीवन्त राख्ने प्रयास गर्दै आएको स्मरण गराए । माटोको मुद्दा सय, दुई सय वर्षमा सकिँदैन, हजार वर्ष पछिसम्म पनि जमिनमाथिको स्वामित्वको प्रश्न उठाउन सकिने अध्यक्ष नेपालको भनाइ छ ।
आइतबार जारी विज्ञप्तिमा नेपालसँग सुगौली सन्धि गर्ने संयुक्त अधिराज्य ग्रेट ब्रिटेन उक्त सन्धि भएको १२९ वर्षपछि Indian Subcontinent छाडेर गएको पनि अहिले ७५ वर्ष पुगिसकेको उल्लेख छ । ब्रिटेनले उपनिवेशमा राखेको नेपालको भूमिमा इन्डियाले पुनः उपनिवेश कायम गरेको पनि त्यति नै वर्ष पुगेको छ, तर नेपाल र इन्डियाबीच १९५० जुलाई ३१ मा भएको नेपाल–इन्डिया शान्ति तथा मैत्री सन्धिको धारा ८ अनुसार सुगौली सन्धि रद्द भई नेपालको सिमाना सुगौली सन्धिपूर्वकै अवस्थामा पुगिसकेको तथ्य दिनको घामजत्तिकै छर्लङ्ग छ । यसैका आधारमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नयाँ नक्सा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।
ग्रेटर नेपालको नक्साको यो पाँचौँ संस्करण ऐतिहासिक तथ्य र अभिलेखमा आधारित रहेर तयार पारिएको हो । समुद्र गुप्तको अलाहबाद प्रशस्तिमा नेपालको पूर्वी सिमाना असम भएर बग्ने ब्रह्मपुत्र नदीको काखमा रहेको कामरूपसम्म भएको उल्लेख इन्डियाली इतिहासविद्हरूले गरेका छन् ।
ग्रेटर नेपालको पश्चिमतर्फको सिमाना रावी नदी हो भन्ने कुरा डेभिड अक्टरलोनी र बडा काजी अमरसिंह थापाबीच १८१५ मे १५ मा भएको एक सम्झौतामा उल्लेख भएको पाइन्छ । दक्षिणतर्फको सिमाना निर्क्यौल गर्न अझै खोज अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
नयाँ नक्सा अनुसार पूरा नेपालको ३३४२५० वर्ग किलोमिटर थप क्षेत्रफल भएको ग्रेटर नेपालले स्पष्ट पारेको छ । यो क्षेत्रफलमा अहिले इन्डियन शासन छ । ग्रेटर नेपालको नयाँ नक्सा सार्वजनिक समारोहमा काठमाडौं महानगर वडा नं ११ का अध्यक्ष हिरालाल तण्डुकार लगायत विभिन्न जानकार व्यक्तित्वहरुले आआफ्नो धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार