९३ वर्षीय मिडिया टाइकुन मर्डोकले गरे पाँचौं विवाह
नेपालबहस संवाददाता
जेठ २१, २०८१ सोमबार ८:३७:१६
२१ जेठ, काठमाडौं । मिडिया टाइकुनको नामले चर्चित रुपर्ट मर्डोकले पाँचौं विवाह गरेका छन् । उनले ६७ बर्षिय एलेना झुकोभालाई आफ्नो पार्टनर बनाएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । ९३ वर्षीय मर्डोकले गत बर्षदेखि एलेनासँग डेटिङ गरिरहेको बताइएको छ । एलेना सेवानिवृत्त आणविक जीववैज्ञानिक हुन् । उनको भने यो तेस्रो विवाह हो । मर्डोकले गत वर्ष मात्र चौथी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए । एलेना सँग आफ्नो नाम जोडिएपछि उनले चौथी श्रीमतीसँग सम्बन्धबिच्छेद गरेका थिए ।
अष्ट्रेलियाको मेलबर्नमा ११ मार्च १९३१ मा जन्मेका मर्डोक लामो समयदेखि मिडिया व्यवसायमा जोडिएका छन् । उनको अमेरिकामा फक्स न्यूज र न्युज क्रपमा लगानी रहेको छ भने स्काई न्यूज अस्ट्रेलिया, द वाल स्ट्रिट जनरल, बेलायतबाट प्रकाशित हुने द सन् र द टाइम्स, अस्ट्रेलियाको द दिली टेलिग्राफ हेराल्ड सन, द अस्ट्रेलियन, अमेरिकाको वाल स्ट्रिट जनरल र न्यूयोर्क पोस्ट, किताब पब्लिसर कम्पनि हार्पर कोलिन्स लगायतका मिडिया संचालनमा रहेका छन् । उनले गत बर्ष मात्र न्यूज क्रपको अध्यक्षबाट राजीनामा दिएका थिए ।
उनको मोडल जेरी हलसँगको चौथो विवाह छ वर्षपछि २०२२ मा टुङ्गिएको थियो । उनले आफ्नो पहिलो पत्नी एयर होस्टेज प्याट्रिसिया बुकरसँग १९५६ मा विवाह गरेका थिए, जससँग उनको जेठो छोरा प्रुडेन्स रहेका छन् । १९६७ मा, उनले डेली मिरर रिपोर्टर अन्ना टोर्भसँग दोस्रो विवाह गरे । उनीसँग तीन छोरा छोरी भएका थिए । उनको दोस्रो विवाहको अन्त्य १९९९ मा भएको थियो । मर्डोकले टोर्भबाट अलग भएको तीन हप्ताभन्दा कम समयमै १९९९ मा २९ वर्षीय डेङसँग विवाह गरेका थिए । मर्डोक र डेङसँग दुई सन्तान छन् । यो जोडी सन् २०१३ मा अलग भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनोबेल शान्ति पुरस्कार पाउने जापानी संस्था निहोन हिडान्क्योले के गर्छ ?
असोज २६, २०८१ शनिबार
रतन टाटाका सौतेला भाई नोएल बने टाटा ट्रष्टको नयाँ अध्यक्ष
असोज २६, २०८१ शनिबार
चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु
असोज २५, २०८१ शुक्रबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा
असोज २६, २०८१ शनिबार
रौतहटका शक्ति पीठहरुमा हजारौँ बोकाको बली, गत वर्षको तुलनामा वृद्धि
असोज २६, २०८१ शनिबार
सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
असोज २६, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा आफन्तजनलाई टीकाप्रसाद
असोज २६, २०८१ शनिबार
दशैंमा आज पोखरामा निःशुल्क बस सञ्चालन
असोज २६, २०८१ शनिबार
गायक दुर्गेश थापा विजयादशमीको टीकाप्रसाद ग्रहण गरिँदै
असोज २६, २०८१ शनिबार
भक्तपुरमा ब्रम्हायणी जात्राको रौनक
असोज २६, २०८१ शनिबार