व्यवसायी एवं लगानीकर्ता टोमसदोत्तिर आइसल्याण्डको राष्ट्रपतिमा निर्वाचित
नेपालबहस संवाददाता
जेठ २१, २०८१ सोमबार ८:५५:१८
२१ जेठ, काठमाडौं । व्यवसायी एवं लगानीकर्ता हाल्ला टोमसदोत्तिर आइसल्याण्डको राष्ट्रपतिमा निर्वाचित भएकी छन् । ५५ वर्षीय टोमसदोत्तिरले ३४.३ प्रतिशत मत ल्याएर पूर्वप्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरलाई पराजित गरेको अलजजिराले उल्लेख गरेको छ । उनले २५.२ प्रतिशत मत प्राप्त गरेका थिए । आइसल्याण्डका राष्ट्रपतिले संविधान र राष्ट्रिय एकताको ग्यारेन्टरको रूपमा काम गर्दै संसदीय गणतन्त्रमा ठूलो मात्रामा औपचारिक पद धारण गर्दछ । यद्यपि उनीसँग कानूनलाई भिटो गर्ने वा जनमत संग्रहमा पेश गर्ने शक्ति हुन्छ । उनले राष्ट्रपति गुड्नी थ जोहानेसनको ठाउँ लिने भएकी छन् । उनले आफ्नो चार वर्षको दुई कार्यकाल पछि पुनस् चुनाव लड्न अस्वीकार गरेका थिए । अब टोमसदोत्तिर अगस्त १ मा पदभार ग्रहण गर्ने छिन् । उत्तरी एट्लान्टिकमा अवस्थित नर्डिक टापु राष्ट्र आइसल्याण्डमा महिलालाई उच्च पदमा निर्वाचित गर्ने लामो परम्परा छ । भिगडीस फिनबोगाडोत्तिर १९८० मा आइसल्याण्डको राज्य प्रमुख हुँदा कुनै पनि राष्ट्रको लोकतान्त्रिक रूपमा निर्वाचित पहिलो महिला राष्ट्रपति बनेकी थिइन् ।
विश्वव्यापी वित्तीय संकटले आइसल्याण्डको अर्थतन्त्रलाई ध्वस्त पारेपछि सन् २००९ देखि २०१३ सम्म जोहान्ना सिगुर्दडोटिरले प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गरेकी थिइन् । त्यस्तै ४८ वर्षीय जाकोब्सडोटिर २०१७ मा प्रधानमन्त्री बनिन् र चार वर्षमा तीनवटा निर्वाचन गराउने संकटको चक्र अन्त्य गर्ने वृहत् गठबन्धनको नेतृत्व गरिन् । उनले अप्रिलमा राष्ट्रपति पदमा उम्मेदवारी दिन राजीनामा दिएकी थिइन् । ३ लाख ८० हजार जनसंख्या भएको आइसल्याण्डमा १५०० हस्ताक्षर जम्मा गर्ने कुनै पनि नागरिकले राष्ट्रपतिको उम्मेदवार बन्न पाउने नियम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार