मधेशमा सत्तापक्षको सरकार बनाउन माधव नेपालसँग प्रचण्डले मागे सहयोग
नेपालबहस संवाददाता
जेठ २१, २०८१ सोमबार ११:२८:१२
२१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मधेश प्रदेशमा जसपाको सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेका छन् । मधेशमा जसपालाई दिएको समर्थन फिर्ता लिएर सत्तापक्षका दलहरूको नेतृत्वमा सरकार गठन गर्ने वातावरण मिलाउन उनले आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भएको छलफलमा यस्तो आग्रह गरिएको हो । मधेस प्रदेश सरकार गठन र सुदूरपश्चिम प्रदेश सरकारको विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जाएको छ । सुदुरपश्चिममा एमाले र माओवादीले निर्णय नगर्दा सरकार विस्तार हुन सकेको छैन ।
मधेसमा एमाले र माओवादीले एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता भएर नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न आग्रह गर्दै आएका थिए । आज पनि यही विषयमा छलफल भएको छ । तर एकीकृत समाजवादीले मधेसमा पुरानो समीकरण अनुसार बनेको जसपा नेपाल नेतृत्वको सरकार छाड्न सकिरहेको छैन । मधेसमा सरकार अल्पमतमा परिसकेकाले नयाँ बनाउने कसरत भइरहेको छ ।
नेपालले प्रधानमन्त्रीलाई सोमबार दिउँसो बस्ने सचिवालय बैठकमार्फत निर्णय गर्ने जानकारी गराएका छन् । मधेस सरकारबाट फिर्ता हुने निर्णय हुन्छ । तर, हामीले मागेको मन्त्रालय दिनुपर्छ । प्रचण्डसँगको छलफलमा नेपालले भनेका छन् । विपक्षी गठबन्धनबाट सरकार बनाउने विषयमा नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि प्रचण्ड नेपाललाई फकाउन लागिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
एमाले नेता एवं लेखा समिति सभापति पोखरेलका निजी सचिवमाथि पनि ३८ लाख ठगेको आरोप
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार
विश्वमा सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो
पुष १९, २०८१ शुक्रबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार