हुरीले विद्यालय र खानेपानी आयोजनामा क्षति
नेपालबहस संवाददाता
जेठ २१, २०८१ सोमबार १२:२८:१
२१ जेठ, बैतडी । आइतबार साँझ आएको हुरीले जिल्लाका महिला सहकारी संस्था, स्वास्थ्यकेन्द्र, विद्यालय र खानेपानी आयोजनामा क्षति पुगेको छ । हुरीले लिफ्ट खानेपानीको सोलार पाता उडाएपछि स्थानीयलाई खानेपानीको समस्या भएको छ ।
पाटन नगरपालिका–८ स्थित भगवती कृषि महिला विकास बहुउद्देशीय सहकारी संस्थाको छानो उडाएको नगरपालिकाका सामाजिक विकास संयोजक एवं वडा नं ८ का वडाध्यक्ष हरिश विष्टले जानकारी दिए । उनले भने, “सहकारीको छानो उडाउनुका साथैभित्र रहेका दराज, कुर्ची, आवश्यक कागजातसहित भौतिक संरचनामा क्षति पुगेको छ ।” उनका अनुसार सहकारीमा करिब रु एक लाख ५० हजार बढीको क्षति भएको अनुमान गरिएको छ ।
मेलौली नगरपालिका–७ मा रहेको नेत्रज्योति आधारभूत विद्यालयको दुई कोठे भवन, शिवनाथ गाउँपालिका–६ को हिरापुर माविको चार कोठे भवनको छाना उडाएको नेत्रज्योति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरदत्त भट्टले जानकारी दिए । उनका अनुसार हुरीका कारण बसेडिभ्वा र कोदालीका घरमा समेत क्षति पु¥याएको छ ।
हुरीले लिफ्ट खानेपानीको सोलार पाता उडाएपछि पाटन नगरपालिका–१ स्थित गणेशपुरसहित अन्य चार गाउँमा खानेपानीको समस्या भएको पाटन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रदेव भट्टराईले जानकारी दिए । उनका अनुसार आयोजनाको सोलारपाताका साथै पाटन–१ गेरुवापानीस्थित मुहानमा राखिएका सोलार पातासमेत उडाएको छ ।
चार गाउँसहित तीन विद्यालय, अस्थायी प्रहरी पोष्ट बयलचौरा, बयलचौरा बर्थिङ सेन्टरलगायत स्थानमा खानेपानीको आपूर्ति बन्द भएको खानेपानी आयोजनाका व्यवस्थापक पदमराज भट्टराईले जानकारी दिए । आयोजनामा रहेका ७५ सोलार पातामध्ये ३० वटा उडाएको भन्दै करिब रु १५ लाखको क्षति भएको अनुमान गरिएको उनको भनाइ छ । उक्त खानेपानी आयोजनाबाट एक सय १९ घरमा पानी आपूर्ति हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितको राहतका लागि नेपालले चाहेका बखत लिनसक्ने गरी विश्व बैंकले २० अर्ब ऋण दिने
असोज २३, २०८१ बुधबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा
असोज २६, २०८१ शनिबार
रौतहटका शक्ति पीठहरुमा हजारौँ बोकाको बली, गत वर्षको तुलनामा वृद्धि
असोज २६, २०८१ शनिबार
सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
असोज २६, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा आफन्तजनलाई टीकाप्रसाद
असोज २६, २०८१ शनिबार
दशैंमा आज पोखरामा निःशुल्क बस सञ्चालन
असोज २६, २०८१ शनिबार
गायक दुर्गेश थापा विजयादशमीको टीकाप्रसाद ग्रहण गरिँदै
असोज २६, २०८१ शनिबार
भक्तपुरमा ब्रम्हायणी जात्राको रौनक
असोज २६, २०८१ शनिबार