गाँजा खेती, घरेलु मदिरा र हनिमुन सिटीलाई ब्राण्डिङ गरेर जाऊ, भनेजति राजश्व उठ्छः गुरुङ
नेपालबहस संवाददाता
जेठ २१, २०८१ सोमबार १२:३८:२१
२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद धनराज गुरुङले बजेटले निर्धारण गरेको १२ खर्ब ६० अर्ब राजस्व उठाउन गाँजा खेती र घरेलु मदिरालाई प्रोत्साहन गर्नु पर्ने बताएका छन् । राजश्व कसरी उठाउन सकिन्छ भन्ने विषयमा गाँजा र घरेलु मदिराका बारे सकारात्मक व्याख्या र छलफल हुनुपर्ने उनको भनाइ छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले आफू कानुन मन्त्री हुँदैको बखत गाँजा खेतीका विषयमा कानुन बनाउन पहल गरेको भन्दै गाँजा खेती गरेर औषधिजन्य उत्पादन गर्नुपर्ने भन्दै गाँजा खेती बन्द गर्ने कार्य सय प्रतिशत गलत भएको बताए । मन्त्री हुँदा पटकपटक कानुन बनाएर ल्याउनुहोस् भन्दा ल्याउनुभएन । यदि कानुन बनाएर जाने हो भने गाँजा खेतीबाट दुई खर्ब राजस्व वृद्धि हुन्छ, उनले भने ।
घरेलु मदिरासम्बन्धी कानुन बनाएर ब्रान्डिङ गर्न सके दुई खर्ब राजस्व उठ्ने भन्दै कानुन नबनाउने तर, हात फैलाउन भने तयार हुने भन्ने प्रश्न उनको थियो । जडिबुटीको खेतीको विषयमा पनि कानुन बनाउन सके राजस्व संकलन वृद्धि हुने उनको भनाइ थियो । यसबाट पनि थप दुई खर्ब राजस्व उठ्ने उनको दाबी थियो । यदि यसरी जाने हो भने १२ होइन १९ खर्बभन्दा बढी राजस्व उठ्ने उनले दावी गरे ।
गुरुङले धार्मिक, सांस्कृतिक, खेलकुदलगायत पर्यटनको सम्भावना रहेको बताए । उनले जनकपुरमा विवाह हब, लुम्बिनीमा वर्थिङ हब बनाउने भए हनिमुन सिटी पनि थप गर्नुपर्ने उल्लेख गरे । हनिमुन हबको कमी भयो । कही न कही बनाऊ । चितवनको सौराहालाई हनिमुन सिटी बनाऊ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार