लुम्बिनीको नीति तथा कार्यक्रम, पुरानाले नै पाए निरन्तरता

नेपालबहस संवाददाता
जेठ २१, २०८१ सोमबार १३:२३:७

२१ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएर आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार बसेको प्रदेश सभा वैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा प्रदेशका १२ जिल्लामा सञ्चालित भएका पुराना योजना र कार्यक्रमलाई निरन्तरता दिइएको छ भने कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन र पूर्वाधार विकासमा नयाँ कार्यक्रमले खासै प्राथमिकता पाउन सकेका छैनन् ।
लुम्बिनी सरकारले सन् २०३० सम्म प्रदेशलाई बालविवाह मुक्त बनाउने घोषणा गरेको छ । त्यसका लागि स्थानीय तहसँगको सहकार्यमा १० वर्षे रणनीति कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । बालविवाह, बालश्रम, बालबालिकाविरुद्धको हिंसा, बालयौन दुर्व्यवहार, बालबालिका बेचबिखन तथा गैरकानुनी ओसारपसार नियन्त्रण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने पनि प्रदेश सरकारको घोषणा छ ।
गुल्मीलाई गुड र कफी, पाल्पालाई ढाका र करुवाको उत्पादन हब बनाइने उल्लेख छ । प्रदेशमा बालबालिका मृत्युदर, मातृ मुत्युदर, कुपोषण घटाउने, खेल गतिविधिमा वृद्धि ल्याउने, सडक सञ्जाल, शैक्षिक गुणस्तर वृद्धि, सुशसान, सेवाप्रवाह र गुणस्तरमा ध्यान दिने नीति सरकारले लिएको छ ।
नीति तथा कार्यक्रममा व्यवसायिक कृषि प्रदेशको समृद्धि, किसानको हात प्रदेशको साथ, स्वस्थ जीवनको आधार माटोमा सुधार, कृषिको आधार सिंचाईमा सुधार लगायत कार्यक्रम समावेश छन् । लुम्बिनीमा उद्योगको विस्तार, सबैलाई सहज स्वास्थ्य सेवासहित संघीयताको सबलीकरण, प्रदेशभित्रको स्रोत साधनको परिचालन जस्ता विषयलाई प्राथमिकतामा राखेको छ ।
यस्तै लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन नीति र कार्यक्रम बनाइने, पाल्पा, अर्घाखाँची र रोल्पालाई हिलस्टेशनको रुपमा विकास गरिने उल्लेख छ । नीति तथा कार्यक्रममा वन, कृषि, पर्यटन, उद्योग, जडिबुटीलगायत क्षेत्रबाट उद्यमशीलताको विकाससहित आर्थिक समृद्धि हासिल गर्ने उल्लेख छ ।
तिनाउ करिडोर, तिलौराकोट, शिवपुर, पूर्वीरुकुम र स्वर्गद्वारीमा नयाँ शहर विकास गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । अर्घाखांची र गुल्मीलाई खोरेत रोगमुक्त जिल्ला घोषणा गरिने उल्लेख छ ।
यस्तै उज्यालो लुम्बिनी प्रदेश कार्यक्रम कार्यान्वयन गरिने, युवालाई अनुशासित बनाउन प्रदेश स्तरमा खेलकुद पूर्वाधारको विकास गर्दै ती खेलहरूलाई स्थानीयस्तरमा क्रमशः पु¥याउने, खेलाडीको क्षमता विकाससँगै प्रोत्साहनको कार्यक्रम अघि बढाउने उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च
फागुन ९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
राष्ट्रसंघमा युक्रेनबाट रुसी सेनालाई तत्काल फिर्ता गर्ने प्रस्ताव पारित
फागुन १३, २०८१ मंगलबार
काठमाडौंबाट ओखलढुंगा हिँडेको यात्रु बस काभ्रे भन्ज्याङमा दुर्घटना, १७ जना घाइते
फागुन १३, २०८१ मंगलबार
बालबालिकाको हकहितको विषयमा काठमाडौं महानगरले गर्यो सरोकारवाला निकायसँग छलफल
फागुन १३, २०८१ मंगलबार
द्वेध चरित्रमा शीर्ष नेताः कमजोर कानुन बनाएर भ्रष्टाचार रोकिन्न
फागुन १३, २०८१ मंगलबार
५ सयले बढेर मंगलबार तोलाको १ लाख ७१ हजार ३०० पुग्यो सुनको मूल्य
फागुन १३, २०८१ मंगलबार
राष्ट्रसंघमा युक्रेनबाट रुसी सेनालाई तत्काल फिर्ता गर्ने प्रस्ताव पारित
फागुन १३, २०८१ मंगलबार
काठमाडौंबाट ओखलढुंगा हिँडेको यात्रु बस काभ्रे भन्ज्याङमा दुर्घटना, १७ जना घाइते
फागुन १३, २०८१ मंगलबार
बालबालिकाको हकहितको विषयमा काठमाडौं महानगरले गर्यो सरोकारवाला निकायसँग छलफल
फागुन १३, २०८१ मंगलबार
द्वेध चरित्रमा शीर्ष नेताः कमजोर कानुन बनाएर भ्रष्टाचार रोकिन्न
फागुन १३, २०८१ मंगलबार
५ सयले बढेर मंगलबार तोलाको १ लाख ७१ हजार ३०० पुग्यो सुनको मूल्य
फागुन १३, २०८१ मंगलबार
राष्ट्रसंघमा युक्रेनबाट रुसी सेनालाई तत्काल फिर्ता गर्ने प्रस्ताव पारित
फागुन १३, २०८१ मंगलबार
काठमाडौंबाट ओखलढुंगा हिँडेको यात्रु बस काभ्रे भन्ज्याङमा दुर्घटना, १७ जना घाइते
फागुन १३, २०८१ मंगलबार
बालबालिकाको हकहितको विषयमा काठमाडौं महानगरले गर्यो सरोकारवाला निकायसँग छलफल
फागुन १३, २०८१ मंगलबार