पाकिस्तानी विमान कम्पनीमा ईयूको प्रतिबन्ध कायम रहने
नेपालबहस संवाददाता
जेठ २१, २०८१ सोमबार १४:४:५६
२१ जेठ, कराँची । युरोपेली सङ्घ (ईयू) ले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) लगायत पाकिस्तानी हवाई कम्पनीहरूमा प्रतिबन्ध कायम राख्ने निर्णय गरेको छ ।
हालैको बैठकपछि, ईयूले सङ्घभित्र सञ्चालन हुने प्रतिबन्धित विमान कम्पनीहरूको विद्यमान सूची संशोधन गर्न कुनै बाध्यकारी कारण फेला नपारेकोले अझै पाकिस्तानी विमान कम्पनीमाथिको प्रतिबन्ध कायम राखिएको जनाएको छ ।
यो फैसला पाकिस्तान नागरिक उड्डयन प्राधिकरण (पीसीएए) को स्थल मूल्याङ्कन र पाकिस्तानी विमान कम्पनी फ्लाई जिन्ना र एयरब्लू लिमिटेडको नमूना मूल्याङ्न प्रस्तुत गर्दै ईयू एयर सेफ्टी कमिटीले गरेको विस्तृत मूल्याङ्कनपछि आएको हो ।
सन् २०२३ नोभेम्बर २७–३० को बिचमा आयोजित स्थलगत मूल्याङ्कनको सुरक्षा सुनिश्चित गर्न पिसिएएको निरीक्षण भूमिका र जिम्मेवारीहरूको जाँच गरिएको थियो ।
ईयूको हवाई सुरक्षा समितिले पाकिस्तानको सुरक्षा अवस्थाको निरन्तर निगरानीको आवश्यकतालाई जोड दिएको छ । हाल, ईयूले पाकिस्तानी हवाई वाहकमा प्रतिबन्ध कायम राखेको छ, साथै सदस्य राष्ट्रहरूलाई अनुपालन प्रमाणित गर्न निरीक्षण गर्न आग्रह गरेको छ । आयोगले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू कायम राख्ने सर्वोच्च महत्त्वलाई जोड दिँदै आसन्न सुरक्षा जोखिमहरूको कुनै पनि सङ्केतले थप कारबाही गर्न सक्ने चेतावनी दिएको एआरवाई न्यूजले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार