बालुवाटारमा बोलाएर टीआरसीको कुरा उठाएपछि सभापति देउवाले हप्काए प्रधानमन्त्रीलाई
नेपालबहस संवाददाता
जेठ २१, २०८१ सोमबार १५:२:१२
२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयक पारित गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही संसदको अधिवेशनमा टीआरसी विधेयक पारित गर्ने सोच सरकारले बनाएको र यसमा कांग्रेसले सहयोग गर्नुपर्ने भनेपछि सभापति देउवा तपाईले जे चाह्यो त्यही हुन्छ भन्दै आक्रोशित भएका छन् ।
सोमबार बालुवाटारमा टीआरसी विधेयकबारे केहीबेर प्रधानमन्त्री प्रचण्ड र देउवा बीच सवालजवाफ चलेको थियो । केही विधेयक र राजनीतिक प्रसंगमा छलफल गर्नुपर्यो भन्दै प्रधानमन्त्रीले सोमबार बिहान कांग्रेस सभापति देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छलफलका लागि बालुवाटारमा बोलाएका थिए । दुवै नेता बालुवाटार पुगेर छलफल चलिरहेका बेला प्रधानमन्त्रीले टीआरसी विधेयक पारित गर्ने कुरा उठाएपछि देउवा कड्किएका हुन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले छलफलमा बोलाउनुको कारण टीआरसी विधेयक भएको भन्दै पारित गर्न सहयोग मागेका थिए । जवाफका देउवाले यस्तो संवेदनशील विषय तपाईले जतिबेला चाह्यो त्यति बेला पारित हुन्छ भन्दै कड्किएका थिए । जनताको आवश्यकताका विषयमा काम गरौँ भन्दा नमान्ने, बजेट आफूखुसी ल्याउने, बजेटमा मनलागी योजना हाल्ने तर प्रतिपक्ष दललाई नसोध्ने अनि आफू समस्यामा पर्छु भन्ने विषयमा चाँही सहयोग माग्ने भन्दै आक्रोशित रुपमा प्रस्तुत भएका थिए ।
प्रधानमन्त्री प्रेस विज्ञ मनहरि तिमल्सिनाले भने शीर्ष नेताले सहकारी ठगी गर्ने माथि कारवाही, बजेट पारित र संसदमा जाने विभिन्न विधेयकहरुका विषयमा छलफल भएको बताए । टीआरसी विधेयकमा अझै पनि सत्तारुढ र प्रतिपक्षी दलहरूबीच प्रष्ट मतभेद देखिएको छ । सत्तारुढ पक्षले यसलाई सैद्धान्तिक छलफलमा लाने र विपक्षीले त्यसलाई नमान्ने काम यसअघि पनि भएको थियो । खास गरी एमाले अध्यक्ष ओली सुरु देखि नै यो विधेयकको विपक्षमा रहँदै आएका थिए । आज देउवा र प्रधानमन्त्रीबीच चर्काचर्की चल्दा ओली भने मौन बसेका थिए ।
शीर्ष नेताहरूले बालुवाटारमा छलफल गर्दा पनि दुई पक्षीय भएको प्रष्ट देखिन्छ । सत्ता पक्षमा रहेका ओली र प्रधानमन्त्री यो विषयलाई चाँडो टुंगो लगाउन चाहेका छन् । प्रमुख प्रतिपक्ष कांग्रेस पीडितमैत्री नभएसम्म पारित गर्न नसकिने पक्षमा उभिएको छ । प्रधानमन्त्री प्रचण्डले पटक पटक धोका दिएपछि कांग्रेस सभापति देउवाले पनि टीआरसी विधेयकमा तत्काल र यही स्थितिमा सहमति नहुने संकेत दिएका छन् ।
प्रचण्डले संसदको अधिवेशनबाट विधेयकलाई टुंगोमा पुर्याउन चाहेको बताएपछि देउवा चर्किएका हुन् । उनले प्रधानमन्त्रीलाई शान्ति प्रक्रिया भएको यति लामो समय बितिसक्दा तीन चोटि प्रधानमन्त्री भइसक्नु भयो, अहिलेसम्म के हेरेर बस्नु भो, विधेयकका अन्तरर्वस्तुमा किन सहमति खोज्नु भएन, विधेयक टुंग्याउने समय सीमा तोक्दै, सार्दै र टार्दै आएको मैले हो भन्दै देउवा कड्किएपछि प्रचण्ड चुप लागेका थिए ।
राष्ट्रिय मुद्दाहरूमा साझा सहमति खोजौँ भन्दै प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छलफल गर्नुअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि टीआरसीबारे छलफल गरेका थिए । भेटमा मधेश सरकार र पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
पुष १०, २०८१ बुधबार
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
पुष १०, २०८१ बुधबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार