विश्वासघात गरी एक करोड ठगेको आरोपमा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ
नेपालबहस संवाददाता
जेठ २१, २०८१ सोमबार १५:४:३७
२१ जेठ, काठमाडौं । फिल्म ‘प्रसाद २’ को विषयलाई लिएर प्रहरीले फिल्म निर्देशक सुदर्शन थापालाई पक्राउ गरेको छ । उनलाई मालीगाउँ प्रहरीले पक्राउ गरेको हो । उनलाई बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरिएको हो । गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु गर्ने क्रममा पक्राउ गरी प्रहरी वृत्त बौद्धमा लगिएको छ । आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले मुद्दा हालेका थिए ।
गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए । थापा प्रसाद २ का निर्देशक पनि हुन् । यसबारे अनुसन्धान गरिरहेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आजदैखि सुरु हुन लागेको उनी निर्देशित ‘रावायण’को दोस्रो चरणको छायांकनअघि प्रहरीले उनलाई पक्राउ गरेको हो । निर्देशक थापा पक्राउपछि फिल्मको छायांकन रोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार