ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित
नेपालबहस संवाददाता
जेठ २१, २०८१ सोमबार १६:४८:५९
२१ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।
इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकको रुपमा सम्मान गरिएको हो ।
आफ्नो कोर बैंकिङ सफ्टवेयरको लागि फिनाकल प्रयोग गर्दै आइरहेको ग्लोबल आइएमई बैंक नविनतम सेवाहरु सहितको सुरक्षित र भरपर्दो बैंकको रुपमा परिचित छ ।
ग्लोबल आइएमई बैंकले पाएको यस सम्मानले बैंकलाई आउँदा दिनमा थप नवीन र अत्याधुनिक प्रविधिका बैंकिङ सफ्टवेयरहरु प्रयोग गर्दै सबैका लागि सुरक्षित र सहज बैंकिङ सेवा प्रदान गर्न थप हौसला मिलेको बैंकले जानकारी दिएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाछापुच्छ्रे बैंकले ल्यायो ग्राहकहरूलाई नौलो अनुभव दिन एम–कार्ड सेवा
असोज २४, २०८१ बिहिबार
ग्लोबल आइएमई बैंक र माइजोई बिच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने
असोज २४, २०८१ बिहिबार
एनआईसी एशिया बैंकको सहयोगमा सामुदायिक विद्यालयमा पुस्तकालय समुद्घाटन
असोज २३, २०८१ बुधबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
असोज २६, २०८१ शनिबार
करेन्ट लागेर दुई बालिकाको मृत्यु
असोज २६, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान
असोज २६, २०८१ शनिबार
अवरुद्ध सिद्धिचरण राजमार्ग सुचारु
असोज २६, २०८१ शनिबार
महानवमीका दिन सुनसानजस्तो देखिएको काठमाडौं उपत्यकाका सर्वसाधारणको चहलपहल बढ्यो
असोज २६, २०८१ शनिबार
कालिका मन्दिरमा चार लाख दर्शनार्थी
असोज २६, २०८१ शनिबार