भारतीय लोकसभा निर्वाचनको आज मतगणना
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार ७:३४:१०
२२ जेठ, काठमाडौं। भारतको लोकसभा निर्वाचनको मतगणना आज हुँदै छ । आज बिहान ८ बजेदेखि मत गणना शुरु हुने भारतीय निर्वाचन आयोगले जनाएको छ । सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । भारतमा लोकसभाको निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरि सात चरणमा भएको थियो । यो सन् १९५२ पछिको सबैभन्दा लामो निर्वाचन हो, सन् १९५२ मा निर्वाचन प्रक्रिया ४ महिनासम्म चलेको थियो । जहाँ सन् १९८० मा मात्र ४ दिनमा निर्वाचन भएको थियो । २०१९ को निर्वाचन ३९ दिनमा सम्पन्न भएको थियो । यसपटक प्रधानमन्त्री नरेन्द्र मोदीसहित ४३ केन्द्रीय मन्त्री, १२ पूर्व मुख्यमन्त्री, ८ फिल्मस्टार र २ पूर्व क्रिकेटर चुनावी मैदानमा थिए ।
चुनाव सम्पन्न भएपछि सार्वजनिक भएका एक्जिट पोलले हाल सत्तामा रहेका नरेन्द्र मोदी तेस्रो कार्यकालको लागि अत्यधिक बहुमतसहित सत्तामै रहने आकलन गरेका छन् । ५४३ सदस्यीय भारतको लोकसभामा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले ३५० देखि ४०० सम्म सिट जित्न सक्ने अनुमान गरिएको छ । त्यस्तै विपक्षी इण्डिया गठबन्धनले भने आफुहरुको कम्तीमा २९५ सिट आउने र मोदी सरकार बिदा हुने दाबि गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनोबेल शान्ति पुरस्कार पाउने जापानी संस्था निहोन हिडान्क्योले के गर्छ ?
असोज २६, २०८१ शनिबार
रतन टाटाका सौतेला भाई नोएल बने टाटा ट्रष्टको नयाँ अध्यक्ष
असोज २६, २०८१ शनिबार
चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु
असोज २५, २०८१ शुक्रबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
असोज २६, २०८१ शनिबार
करेन्ट लागेर दुई बालिकाको मृत्यु
असोज २६, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान
असोज २६, २०८१ शनिबार
अवरुद्ध सिद्धिचरण राजमार्ग सुचारु
असोज २६, २०८१ शनिबार
महानवमीका दिन सुनसानजस्तो देखिएको काठमाडौं उपत्यकाका सर्वसाधारणको चहलपहल बढ्यो
असोज २६, २०८१ शनिबार
कालिका मन्दिरमा चार लाख दर्शनार्थी
असोज २६, २०८१ शनिबार