१० बर्षपछि विश्वकप खेलेको नेपाल अनुभवी नेदरल्यान्ड्ससँग भिड्दै, यस्तो छ हेड टु हेड !
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार ७:४७:५४
२२ जेठ, काठमाडौं। जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समूह 'डी' मा रहेको नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दै छ । डलासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ । आइसीसीको टी-२० वरियतामा नेपाल १७ औं स्थानमा छ भने नेदरल्याण्ड्स १५ औं स्थानमा रहेको छ । नेपाल र नेदरल्यान्डबीच अहिलेसम्म १२ टी-२० खेल भएका छन् । जसमा नेदरल्याण्ड्सले ६ खेलमा जित हासिल गरेको छ भने नेपालले ५ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन ।
नेपालको विश्वकप यात्रा
नेपालले १० बर्षपछि टी-२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुँदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।
नेपाली टिम
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी-२० विश्वकपमा नेपाल समूह 'डी' मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडेभिस कपमा नेपाली लनटेनिस खेलाडी सहभागी हुने
कात्तिक २९, २०८१ बिहिबार
यु–१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज युएईसँग खेल्दै नेपाल
कात्तिक २८, २०८१ बुधबार
लुम्बिनी लायन्समा महानायक राजेश हमाल ब्रान्ड एम्बास्डर नियुक्त
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौंका लागि प्रस्थान
कात्तिक ३०, २०८१ शुक्रबार
नेपालले आज ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै
कात्तिक ३०, २०८१ शुक्रबार
मिर्गौलापीडित वडाध्यक्ष साहको निधन
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुला दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
कात्तिक ३०, २०८१ शुक्रबार