गरुडाका मेयरद्वारा मन्दिरको शिलान्यास, विद्यालय जीर्णोद्वार
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार १०:४८:३०
२२ जेठ, रौतहट । रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले मन्दिरको शिलान्याससँगै विद्यालय भवनको जिर्णोद्वार कार्य शुभारम्भ गरेका छन्।
मेयर जैसवालले एक समारोहबीच गरुडा नगरपालिका ४ गरुडा गाउँमा निर्माण हुन गइरहेको राम मन्दिरको शिलान्यास गरेका हुन्।
कुल ४० लाखको लागतमा निर्माण हुने मन्दिरको शिलान्यास समारोहमा गरुडा नगरपालिकाका जनप्रतिनिधिलगायत स्थानीय समाजसेवी बुद्धिजीवीको उपस्थिति रहेको थियो।
त्यस्तै, गरुडा नगरपालिका(७ प्राथमिक विद्यालय भिमडावरको जीर्णोद्वार कार्य सुरू भएको छ। मेयर कन्थमणि विद्यालयमा पुगेर वाल, प्लास्टर, तथा तीन कोठे छाना निर्माणको कामको शुभारम्भ गरेका थिए।
केही समयअगाडि निरीक्षण गरिएको उक्त विद्यालयको अधुरा रहेका कामहरू तत्काल गराउनु पर्ने भएकाले सो काम सुरू गरिएको मेयर जैसवालले बताएका छन्। उक्त कार्य नगरस्तरीय विकास कोषद्वारा १० लाखको लागतमा निर्माण हुँदैछ।
‘हामीले ज्ञान हासिल गर्ने संस्थाकै विकास भएन भने यहाँ अरू विकासले खासै अर्थ राख्दैन। यसकारण गरुडा नगरपालिका शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी काम गरिरहेका छौं,’ उनले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार
मधेसमा चिसोले जनजीवन कष्टकर बन्दै
मंसिर २५, २०८१ मंगलबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार