बजेट बन्दासमेत दलहरुबीच सहमति नहुने गठबन्धनको लक्ष्य के होला ?
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार ११:४२:१६
बजेट बन्दा ज्यादै दूरदृष्टिका साथ बनाउनुपर्ने हुन्छ । बजेटले बढी जोड दिनुपर्ने क्षेत्रलाई कम र कम प्राथमिकता दिए पनि हुने क्षेत्रलाई बढी जोड दियो भने अर्थतन्त्रलाई नै सुधार्नुको सट्टा झन् खल्बलाइदिने खतरा बढ्छ । अहिले बजेट बनाउँदा त्यस्ता कुराहरुलाई खाल गरेर बनाएको देखिन्न । जसले गर्दा प्रतिपक्षी दल त भइहाले स्थानीय तहदेखि गठबन्धनका दलहरूले पनि बजेटको विरोध गर्न थालेका छन् ।
अर्को, गम्भीर पक्ष त के छ भने बजेट निर्माण गर्दा गठबन्धनका दलहरूबीच छलफलसमेत नभएको सार्वजनिक भएको छ । हुन त गम्भीर र राज्यलाई गति दिन सक्ने क्षमता भएका अर्थमन्त्रीले सुझाव सबैको सुन्ने तर बजेटमा आफ्नो नीति अनुसार गति दिन सक्ने हुन् । यहाँ भने त्यस्तो देखिन्न । अर्थमन्त्रीले बजेटमा अनेकौं गल्ती तथा कमजोरी स्वीकार गर्दै अब सुधार्ने बताएकाले उनले राष्ट्रलाई गति दिने ल्याकत राख्दैनन् भन्ने स्पष्ट हुन्छ ।
गठबन्धनका दलहरूबीच न्यूनतम् सहमतिका कार्यक्रम त बनाए तर बजेटजस्तो त्यसको प्रतिविम्ब देखिने बजेट सहभागी दलबीच नै छलफल नगरी बनेर सार्वजनिक भएकाले यसले सहमतिलाई पुष्टि गर्दैन । एक त बजेटमा अनेक त्रुटी, अनेक रुपमा खेल्न सकिने ठाउँ राखेर बनाउने अझ गठबन्धनभित्रका दलका नेताहरु असन्तुष्ट भएको अवस्थामा यो कार्यान्वयनमा जान कठिन छ । यसले अर्थतन्त्रलाई गति दिन र जनतालाई सुशासन दिन नसक्ने स्पष्ट भएको छ ।
संघीयतापछि अनेकौं कमजोरी हुँदाहुँदै पनि स्थानीय तथ संघ र प्रदेशभन्दा प्रभावकारी देखिँदै आएका छन् । अर्थमन्त्री वर्षमान पुनले तिनै स्थानीय तहको बजेट कटौती गरेका छन् । उनको यो कार्यको स्थानीय तहका प्रमुख, उपप्रमुखले अर्थमन्त्रालयमै आएर विरोधस्वरुप धर्ना दिए । यही आर्थिक वर्षमा स्थानीय तहमा जाने समानीकरण अनुदानमा २५ दशमलव ८९ प्रतिशत बजेट कटौतीमा परेको छ । जुन २४ अर्ब ४९ करोड रुपैयाँ हुन आउँछ ।
यो वर्षका लागि सरकारले समानीकरण अनुदान अन्तर्गत ८७ अर्ब ३ करोड रुपैयाँ छुट्याएको थियो । आगामी आर्थिक वर्षमा पनि समानीकरण अनुदान अन्तर्गतको बजेट घटेको छ । सरकारले सशर्त अनुदान भने बढाएको छ । संघीयतालाई बलियो बनाउने भन्ने सरकारले स्थानीय तहले स्वतन्त्र रुपमा खर्च गर्ने रकम घटाएर संघको तजबिज अनुसार खर्च गर्नुपर्ने विशेष अनुदानको रकमलाई बढाएको छ । यसले स्थानीय तहलाई कमजोर बनाउने र ती क्षेत्रको अर्थतन्त्रमा पनि प्रभाव पर्ने स्पष्ट छ ।
सरकारले वित्तीय क्षेत्रमा ठूलो समस्या निम्त्याएको सहकारी समस्या दह्रो रुपमा समाधान गर्ने कुरा बजेटमा उल्लेख गरेन । सरकारले समस्याग्रस्त सहकारी सञ्चालक र तिनका परिवारका नाममा रहेको धितो अचल सम्पत्ति बेचेर ५ लाखसम्म बचत रकम फिर्ता गर्ने उल्लेख मात्रै गरेको छ । देशभर कति सहकारी समस्यामा छन् ?कति समस्यामा जाँदै छन् ? तिनको अचल सम्पत्ति कति छ ? त्यसबाट कति पैसा आउँछ र ५ लाखसम्मको बचत फिर्ता गर्छ त्यसको कुनै तथ्यांक छैन । कुनै स्रोतको व्यवस्था पनि छैन ।
सहकारी समस्या वित्तीय क्षेत्रको डरलाग्दो समस्या हो, जनताको डुबेको पैसा अति विपन्नदेखि मध्यम वर्ग आर्थिक रुपमा प्रभावित हुनेछन् । यो विषय गठबन्धनभित्रका दलहरूले प्राथमिकताका साथ उठाएनन् । एमालेका अध्यक्ष केपी ओलीसहित नेताहरूले बजेट छलफल गरेर ल्याइएन, यो बजेट माओवादीको मात्रै जस्तो भयो भनेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बजेट राम्रो नभएको बताएका छन् । यी दलले पाएका मन्त्रालयको बजेट घटाइएकाले उनीहरुले टिप्पणी गरेको देखिएको छ । गठबन्धनका दलका धेरै नेताहरु सहकारीको रकम अपचलनमा कुनै न कुनै रुपमा जोडिएकाले बजेटले सम्बोधन गरेन र नेताहरूले पनि यो विषय नउठाएको स्पष्ट हुन्छ ।
बजेटले अर्थतन्त्रलाई निश्चित दिशा दिएर सक्रिय बनाउन त कठिन छ तर पनि गठबन्धनका दलहरूबीच छलफल र सहमति भएको भए कार्यान्वयनमा उनीहरुको सहयोग हुने थियो होला । बजेटलाई आफ्नो दलका नीतिलाई मात्रै समेट्दा प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री वर्षमान पुनले कार्यान्वयनमा लैजान कठिन छ । रास्वपाको त आफ्नै अध्यक्ष तथा गृहमन्त्री सहकारी रकम अपचलनमा मुछिएका छन्, उनको पद कति दिन टिक्ला भन्न सकिन्न । आफ्नो भागमा परेका मन्त्रालयमा बजेट बढी पर्नुपर्थ्यो भन्ने हो ।
एमालेका अध्यक्ष केपी ओलीको कडा टिप्पणी देखिन्छ । अरु नेताहरूले पनि ओलीले अगाडि सारको सुखी नेपाली समृद्ध नेपाल कार्यक्रम नसमेटेकोमा आक्रोशित देखिन्छन् । उनीहरुले भौतिक निर्माण, कानुन, कृषि, भूमिजस्ता मन्त्रालयको बजेट घटाएकोमा असन्तोष पोखेको देखिन्छ । हुन पनि अर्थमन्त्रालय र शहरी विकास मन्त्रालयको बजेट बढाइएको छ । यी मन्त्रालय माओवादी केन्द्रका भागमा छन् । गठबन्धन दलका न्यूनतम् साझा कार्यक्रम नसमेटिएको भनेर टिप्पणी गरे पनि
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र
पुष १०, २०८१ बुधबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
पुष १२, २०८१ शुक्रबार
रहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार