वारणासीमा मोदी ७५ हजार र रायबरेलीमा राहुल १ लाख १६ हजार भोटले अगाडि
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार १३:३५:६
२२ जेठ, काठमाडौं । भारतमा आम निर्वाचनको मतगणना जारी रहँदा सरकार बनाउने दावी गरिरहेका नरेन्द्र मोदी र राहुल गान्धीले आफ्नो निर्वाचन क्षेत्रमा भारी मतले अग्रता बढाएका छन् । सात चरण लामो चुनावी प्रक्रिया सकिएर मंगलबार बिहानैदेखि लोकसभाका ५४२ सीटका लागि मतगणना भइरहेको छ ।
हालका प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसीबाट भारी अग्रता लिएका छन् । उनी कांग्रेस उम्मेदवार अजय रायभन्दा ७५ हजार भोट अगाडि छन् । यहाँको रायबरेली सीटमा कांग्रेसका राहुल गान्धी बीजेपीका दिनेश प्रताप सिंहभन्दा एक लाख १६ हजार भोटले अगाडि छन् ।
यस्तै अमेठीमा कांग्रेस उम्मेदवार किशोरीलाल बीजेपीकी स्मृति इरानीभन्दा ३७ हजार भोटले अगाडि छन् । सुलतानपुरमा सपाका राजभआल निषाद बीजपीका मेनका गान्धीभन्दा ९ हजार भोटले अग्रता लिइरहेका छन् ।
मैनपुरीबाट सपाका डिम्पल यादव बीजेपीका जयबीर सिंहभन्दा ५४ हजार भोट अगाडि छन् । गौतमबुद्ध नगरमा बीजेपीका महेश शर्मा सपाका महेन्द्र सिंह नागरभन्दा डेढ लाख भोटले अगाडि छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
सानेपामा कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक
पुष १, २०८१ सोमबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने भाउ घट्यो
मंसिर ३०, २०८१ आइतबार
नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
पुष १, २०८१ सोमबार
सवारीसाधन व्यवस्थापनका लागि ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा
पुष १, २०८१ सोमबार
ईसीबीले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिने लेगार्डको भनाइ
पुष १, २०८१ सोमबार
सोमबार ५१ अंकले घटेर २६३० मा बन्द भयो नेप्से, २१ करोडले घट्यो कारोबार रकम
पुष १, २०८१ सोमबार