सिटौलाको प्रधानमन्त्रीलाई प्रश्न, ‘शान्ति प्रक्रियाका बाँकी काम सकेर द्वन्द्वपीडितलाई न्याय दिने कि नदिने’
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार १५:१५:१२
२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी काम सरकारले पहल नै नगरेको बताएका छन् । अविलम्व टुंग्याउनुपर्ने काम थाँती राखेर सरकारले द्वन्द्वपीडितहरुलाई न्यायबाट बन्चित गरिरहेको उनको भनाइ छ ।
मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद सिटौलाले शान्ति प्रक्रियाको बाँकी कामहरु अविलम्व टुंग्याउनुपर्नेमा प्रधानमन्त्रीले यसतर्फ ध्यान नै नदिएको बताए । उनले भने, ‘म सरकारको ध्यान आकृष्ट गराउन चाहान्छु, यो विषयलाई मूल प्राथमिकताको आधारमा सरकारले यसलाई टुंग्याउनका लागि प्रयास गरोस् । गहिराइमा पुगेर फेरि नबल्झिने गरी यसलाई टुंग्याउनुपर्छ ।’
उनले तत्कालिन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरुले अझैपनि न्याय नपाएका भन्दै उनीहरुलाई न्याय दिनका लागि अरु ढिलो गर्नु नहुने बताए । माओवादीका लडाकुले सुराकीको शंकामा पक्रेर लगेका मान्छेको घटना, सेनाले यसले माओवादीलाई सहयोग गर्याे है भनेर गाउँबाट पक्रेर लिएर गएको मान्छे, अहिले अन्यायमा छन भन्दै सिटौंलाले यी विषयमा न्याय दिन नसकेको बताए ।
विस्तृत शान्ति सम्झौताको एउटा मूल राजनीतिक पक्ष संविधानसभाबाट संविधान निर्माण गर्ने, अर्को द्वन्द्वपीडितहरुलाई न्याय दिने नै हो भन्दै उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दलहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विवादको घेराबाट मुक्त हुन नसक्ने बताए ।
सरकारले यसलाई प्राथमिकतामा राखेन भने, समयमै पुरा गर्न सकेन भने सिंगो नेपालका राजनीतिक दलहरु विवादको घेराबाट मुक्त हुन नसक्ने बताए । राष्ट्रिय र अन्तर्राष्ट्रिय घेराबाट यस विषयलाई टुंग्याउन नसकेमा दलहरु बिचको विश्वास संकटग्रस्त बन्दै जाने उनले बताए । उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिनुपर्ने भन्दै प्रतिपक्ष दलहरु पनि रचनात्मक सहयोग गर्न तयार रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार