टी-२० विश्वकपमा आसिफले ५० र १०० बनाए ,भेट्रान सिटि क्लब वीरगन्जले नगद पुरस्कार दिने
आबिद हुसेन
जेठ २२, २०८१ मंगलबार १५:१९:२८
२२ जेठ, वीरगन्ज । अमेरिकामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा वीरगन्ज निवासी नेपाली टोलीका खेलाडी आसिफ शेखले प्रतियोगिताको प्रत्येक खेलमा व्यक्तिगत ५० रन र एक सय बनाएको खण्डमा पुरस्कार पाउने भएका छन ।
भेट्रान सिटि क्लब वीरगन्जले नेपाली टोलीको विकेट किपर समेत रहेका उनलाई ५० रन बनाएको खण्ड ११ हजार नगद र एक सय रन बनाएमा २१ हजार नगद दिने जनाएको छ ।
चैत २०७९ मा काठमाडौंमा भएको आईसीसी विश्वकप लिग २ को निर्णायक खेलमा शेख दाजुभाइले उत्कृष्ट प्रदर्शन गरेकै कारण नेपाल आइसीसी विश्वकप क्वालिफायरमा छनौट हुन सफल भएको थियो ।
जारी टि–२० विश्वकपमा नेपाल समूह डी मा रहेको छ । उक्त समुहमा नेपालसंगै नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।विश्वकपमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध ४ जुन अर्थात् जेठ २२ गते खेल्दैछ ।
नेपाली खेलाडीको मनोबल बढाउनलाई वीरगन्जबासी तर्फबाट सहयोग स्वरूप रकम प्रदान गर्न थालिएको
भेट्रान सिटि क्लब वीरगन्जका उपाध्यक्ष सागर समसेर राणाले जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार