पर्सामा सदस्यता विवाद नसच्चिएसम्म पत्रकार महासंघको चुनाव हुन नदिने चेतावनी
आबिद हुसेन
जेठ २२, २०८१ मंगलबार १५:२५:२८
२२ जेठ, वीरगन्ज । नेपाल पत्रकार महासंघको सदस्यता विवाद समाधान नभएसम्म पत्रकार महासंघको पर्सामा निर्वाचन हुन नदिने सक्रिय चार संघ संगठनले चेतावनी दिएका छन् ।
प्रेस चौतारी नेपाल पर्सा, नेपाल प्रेस युनियन पर्सा, समाजवादी प्रेस संगठन पर्सा र प्रेस मञ्च नेपालले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले जिल्ला शाखा र प्रदेश शाखाले सिफारिस गरेको सदस्यताको नामावलीलाई लत्याएर चोर बाटोबाट सदस्यताको नामावली जारी गरेको आरोप उनीहरुले लगाएका छन् ।
केन्द्रीय कार्यसमितिले कुनै अमुक व्यक्ति र संस्थाको प्रभावमा परेर महासंघको विधान नै मिचेर सदस्यताको नाम थपघट गरेर जारी गरेको नामावली सूची नसच्याए सम्म पर्सा शाखाको निर्वाचनको कुनै पनि प्रकृया सुरु नगर्न पनि उनीहरुले आग्रह गरेका छन् । यदि नामावली नसच्याइ निर्वाचनको प्रकृया सुरु गरिएमा त्यसबाट सृजित हुने प्रतिकूल परिस्थितिको जिम्मेवार केन्द्रीय कार्यसमिति हुने चेतावनी उनीहरुले दिएका छन् ।
विज्ञप्तिमा नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु सुमन र प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र साह हिटलरले हस्ताक्षर गरेका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार