केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रमा विजयनजिक पुगे राहुल गान्धी
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार १७:१३:४८
२२ जेठ, काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धी दुवै क्षेत्रमा विजय नजिक पुगेका छन् । केरलको वायनाड ३ लाख ६० हजारभन्दा बढी मतान्तरले अगाडि रहेका उनी उत्तर प्रदेशको रायबरेली ३ लाख ८८ हजार बढी मतान्तरले अगाडि रहेका छन् । दुवै क्षेत्रमा गान्धी ३ लाखभन्दा बढी मतको अन्तरले विजयी हुने देखिएको छ ।
गान्धी सन् २०१९ मा वायनाडबाट विजयी भएका थिए भने उत्तर प्रदेशको अमेठीमा भने भाजपाकी स्मृति इरानीसँग पराजित भएका थिए । यसपल्ट इरानी अमेठीमा कांग्रेस नेता किशोरीलाल शर्मासँग पछाडि परेकी छिन् । राहुल गान्धी वायनाडमा भारतीय कम्युनिस्ट पार्टीकी एनी राजाभन्दा ३ लाख ६० हजारभन्दा बढी मतान्तरले अगाडि रहेका छन् । गान्धीले ६ लाख ४१ हजार ७ सय २५ मतसहित अग्रता बनाएका छन् ।
त्यस्तै उत्तर प्रदेशको रायबरेलीमा गान्धी भाजपाका दिनेशप्रताप सिंहभन्दा ३ लाख ८८ हजार बढी मतान्तरले अगाडि रहेका छन् । गान्धीले ६ लाख ८४ हजार मत ल्याउँदा सिंहले २ लाख ९५ हजार मत ल्याएका छन् ।
उत्तर प्रदेशको अमेठीबाट कांग्रेस नेता राहुल गान्धी ३ पटक सांसद बनेका थिए । पछिल्लो पटक सन् २०१९ मा भने उनले अमेठीमा हार बेहोरेका थिए । २००४,२००९ र २०१४ मा अमेठीबाट जित हात पारेका राहुललाई भारतीय जनता पार्टीकी नेता स्मृति इरानीले ५५ हजार मतान्तरले हराएकी थिइन् ।
भारतीय निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको एनडीए गठबन्धन बहुमतभन्दा अगाडि देखिएको छ । एनडीए गठबन्धन २९३ स्थानमा अगाडि रहँदा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन भने २३३ स्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुन्छः गृहमन्त्री लेखक
कात्तिक ३०, २०८१ शुक्रबार
समाजमा देखिएको अराजकता चिर्न जागरण सभा गर्दैछौं : महासचिव पोखरेल
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेस सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्रीले दिए संसदीय दल र अनुशासन समितिमा उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुन्छः गृहमन्त्री लेखक
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
झापाका अस्पतालमा रगत अभाव
कात्तिक ३०, २०८१ शुक्रबार
समाजमा देखिएको अराजकता चिर्न जागरण सभा गर्दैछौं : महासचिव पोखरेल
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार