दुर्गा प्रसाईंसँग २ करोड ८४ घुस मागेको अडियो विवादमा ढाकाकुमारले जिते मुद्दा
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार १८:२१:१४
२२ जेठ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो र यसबारे आएका समाचारलाई लिएर परेको मुद्दाको फैसला ढाकाकुमार श्रेष्ठको पक्षमा आएको छ । जिल्ला अदालतले रास्वपाको कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठसम्बन्धी मुद्दामा फैसला सुनाएको हो ।
रास्वपाको तर्फबाट महामन्त्री मुकुल ढकालले जनआस्था पत्रिकासहित पाँच जनाविरुद्ध अदालतमा २०८० जेठ १४ गते गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा न्यायाधीश पदमराज पाण्डेयको इजलासले अन्तिम फैसला सुनाउँदै दाबी नपुग्ने फैसला सुनाएको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घुस मागेको सम्बन्धी अडियो विवादमा श्रेष्ठले जनआस्था साप्ताहिक मार्फत दिएको अभिव्यक्ति निराधार,कपोलकल्पित, एवं भ्रामक भएको जिकिरसहित मुकुलले मुद्दा दायर गरेका थिए । त्यतिबेला श्रेष्ठले घुस बार्गेनिङ गराउन ढकालसहितको भूमिका रहेका जिकिर सञ्चारमाध्यममार्फत गरेका थिए ।
सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार छापिएकोमा मेरो गम्भीर गाली बेइज्जती हुँदै क्षति भएको छ’ उनको मुद्दामा भनिएको थियो ‘यसले म र हाम्रो पार्टीको मान, प्रतिष्ठा र इज्जतलाई धमिल्याउनको लागि पत्रिकामार्फत सार्वजनिक गरिएको षड्यन्त्र गरेकाले त्यसको क्षतिपूर्ति पाउनुपर्ने देखिन्छ ।’
उनले आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गरेका थिए । तर, अदालतले यसमा कुनै पनि दावी नपुगेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ५, २०८१ बुधबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ४, २०८१ मंगलबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार