सानेपा र महालक्ष्मीस्थानमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार २०:१७:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/sky_bridge1_LCD71GPvEY_w8qTbhLIIE.jpg)
२२ जेठ, ललितपुर । ललितपुर महानगरपालिका अन्तर्गत चक्रपथ क्षेत्रमा दुई वटा अपाङ्गतामैत्री आकासे पुल निर्माण भइरहेका छन् । महानगरपालिका–२ सानेपा र ललितपुर महानगरपालिका–१३ महालक्ष्मी स्थानमा नयाँ आकासे पुल निर्माण भइरहेका काठमाडौँ चक्रपथ सडक विस्तार आयोजनाले जनाएको छ । ललितपुरको बालकुमारी, सातदोबाटो, एकान्तकुना, धोबीघाटमा आकासे पुल निर्माण भइसकेका छन् ।
आयोजना प्रमुख कृष्ण नाथ ओझाले यसअघि चीन सरकारको सहयोगमा निर्माण भए पनि महालक्ष्मीस्थान र सानेपामा नेपाल सरकारले आफ्नै लागतमा आकासे पुल निर्माणकार्य जारी रहेका जानकारी दिए । उनका अनुसार निर्माण हुँदै गरेका ती आकासे पुल अपाङ्गतामैत्रीसमेत हुने छन् । ओझाले भने, “महालक्ष्मीस्थान चोक र सानेपा चोकमा यात्रुको भीडभाड धेरै भएकाले स्थानीयको मागअनुसार आकासे पुल निर्माण हुन लागिएको हो । यी दुवै पुल ह्विलचियरसमेत गुडाउन मिल्ने गरी अपाङ्गतामैत्री हुनेछन् ।”
पैदलयात्रुको सहजताको लागि आकासे पुल निर्माण गर्ने सम्झौता वि.सं २०७५ मा भए पनि निर्माण कार्य भने केही महिना अघिबाट मात्र सुरु भएको हो । सम्झौताअनुसार दुवै पुल आगामी आर्थिक वर्षभित्र निर्माण गरिसक्न पर्ने छ । महानगरपालिका–२ का वडाध्यक्ष राजेश महर्जनले भीडभाड हुने मुख्य चोकमा आकासे पुल निर्माण भएमा पैदलयात्रीलाई निकै सहज हुने बताए । “यहाँ दैनिक सयौँ मान्छे आवतजावत गर्छन् तर आकासे पुल नहुँदा दुर्घटनाको जोखिम छ । आकासे पुल निर्माणपछि धेरै सहज हुनेछ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकहिले बनिसक्छ बबरमहलमा भासिएको सडक ?
फागुन ३, २०८१ शनिबार
दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित
फागुन ३, २०८१ शनिबार
काठमाडौं उपत्यकामा अत्यधिक बढ्यो प्रदूषण, ५४ प्रतिशत बढी सवारीसाधन मापदण्डविपरीत
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार