सुदूरपश्चिम सरकारको वार्षिक नीति कार्यक्रम टेबुल
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार २१:१४:२१
२२ जेठ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम टेबुल भएको छ । प्रदेश प्रमुख नजिर मियाँले यही जेठ २० गतेको प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रमको प्रति आज मुख्यमन्त्री दीर्घबहादुर सोडारीले टेबुल गरेका हुन् । बैठकले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सम्बोधनका लागि प्रदेश प्रमुखलाई धन्यवाद ज्ञापन गर्ने प्रस्तावसमेत सर्वसम्मतीले पारित गरेको छ ।
यसैगरी बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा विषयगत समिति अन्तर्गतको विधायन तथा प्रदेश मामिला समितिको सदस्यमा रामेश्वर चौधरी, इन्दिरा गिरी र दमनबहादुर भण्डारी, सार्वजनिक लेखा समिति सदस्यमा लक्ष्मणकिशोर चौधरी, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सदस्यमा घनश्याम चौधरी र नरेशकुमार शाही, सामाजिक विकास समिति सदस्यमा खुशीराम डगौराथारुलाई मनोनयन गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार